स्थानीय समाचार

एसईईमा उत्कृष्ट नतिजा ल्याएको जनसेवा माविले निकाल्यो खुसीयाली र्याली

img1

 
रेडियो परासी, १० असार । सुनवल नगरपालिकाको वडा नं. ६ स्थित जनसेवा माविले २०७४ सालको एसईई परीक्षामा ११ जना विद्यार्थी एक पलस सहित शत प्रतिशत विद्यार्थी नै उत्र्तिण जीपीएमा आउन सफल भएको खुशियालीमा विद्यालयले आज बाजागाजा सहित र्याली निकालेको छ । 
विद्यालयबाट एस ई ई परिक्षामा साधारण र प्राविधिक तर्फ गरी ८९ जना विद्यार्थी सहभागि थिए । ती मध्य ११ जनाले ए पलस, २६ जनाले ए ग्रेड र अन्यले वि र वि पलस ग्रेड ल्याएको विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले रेडियो परासीलाई बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम तिमिल्सीना सहित शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागितामा विद्यालयले आफ्नो सेवा क्षेत्र सुनवल, भुमही, परासी हुदैँ पुन सुनवल सम्म बाजागाजा सहित र्यालीले परिक्रममा गरेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । पश्चिम नवलपरासीमै जनसेवा मावि सुनवल विसासयमा सिभिल ईन्जिनियरीङको कक्षा पनि सन्चालन हुैँदै आएको छ ।