स्थानीय समाचार

पश्चिम नवलपरासीमा थारु पत्रकार संघ गठन, रेनुका चौधरी अध्यक्ष

img1

 
रेडियो परासी, ९ असार । पश्चिम नवलपरासी जिल्लामा नेपाल थारु पत्रकार सघंले जिल्ला भेला गरि जिल्ला कार्य समिति गठन गरेको छ । सामुदायिक रेडियो परासीको सभाहलमा भएको भेलाले रेनुका चौधरीको अध्यक्षता रहने गरी सघंको जिल्ला समिति गठन गरिएको हो । नवगठित पश्चिम नवलपरासी जिल्लाको थारु पत्रकार सघंको उपाध्यक्षमा सरस्वती चौधरी, सचिवमा प्रतिमा चौधरी, कोषाध्यक्षमा सन्ध्या महत्तो चयन हुनुभएको छ । यसैगरी सघंको जिल्ला सदस्यहरुमा सुनैना चौधरी, शान्ती चौधरी, विमला चौधरी, अमृता चौधरी रहनुभएको छ भने सल्लाहकारमा नेपाल पत्रकार महासघंको प्रदेश ५ का सदस्य सोनकली चौधरी रहनुभएको छ ।  
कार्यक्रम नवगठित थारु पत्रकार सघं पश्चिम नवलपरासी जिल्ला अध्यक्ष रेनुका चौधरीको अध्यक्षता तथा थारु पत्रकार सघंका केन्द्रिय अध्यक्ष मदन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले महिलाको नेतृत्वमा गठन भएको यस थारु पत्रकार सघं नवलपरासीले सबै स्थानिय निकायसगँ सहकार्य गरेर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा विशिष्ट अतिथि थारु बुद्धजिवि पुरन प्रसाद चौधरीले सबै भन्दा महत्वपूर्ण आफु भित्र रहेको क्षमता विकास गर्नुपर्ने बताउनुभएको थियो । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासघं प्रदेश ५ की सदस्य सोनकली चौधरी, जिल्ला सचिव राजकुमार रेश्मी, थारु लेखक सघंकी केन्द्रिय सदस्य बालिका चौधरी, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, नेपाल पर्यटन पत्रकार सघंका जिल्ला अध्यक्ष मोहन पौडेल, थारु कानुन व्यवसायी सघंका जिल्ला संयोजक रमेश चौधरी लगायतले शुभकामना व्यत्त गर्नुभएको थियो ।