स्थानीय समाचार

घरेलु महासंघ स्थानीय तहमा, रामग्राम नगर समिति गठन

img1

 
रेडियो परासी, ८ असार । लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी स्थानीय तहमा पनि संगठन विस्तारमा जुटेको छ । मुलुक संघीय संरचनामा गएसँगै महासंघले नवलपरासीका सवै गाउँपालिका तथा नगरपालिकामा पनि संगठन विस्तार गर्न सुरु गरेको जनाएको छ । 
सोही क्रममा आज रामग्राम नगरपालिकामा पनि घरेलु तथा साना उद्योग महासंघको नगर समिति गठन भएको छ । आज सामुदायिक रेडियो परासीको सभाहलमा भएको नगर भेलाले मुक्तिप्रसाद पौडेल अध्यक्ष रहने गरी महासंघको नगर समिति गठन गरिएको हो । नवगठित नगर समितिको वरिष्ठ उपाध्यक्षमा विद्यासागर शर्मा, उपाध्यक्षमा रामजतन हरिजन, सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा अजय गैरे चयन हुनुभएको छ । 
यसैगरी सदस्यहरुमा विन्द्रेश हरिजन, ओमप्रकाश चौधरी, जगत कुमारी चौधरी, चन्द्रप्रकाश गुप्त तथा पदेन सदस्यमा केन्द्रीय प्रतिनिधि द्धोय लक्ष्मी क्षेत्री र रामचन्द्र भण्डारी रहनुभएको महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो । सोही भेलाले नगर महिला उद्यमी समिति पनि गठन गरेको छ । 
समितिको सभापतिमा रेखा प्रधान, वरिष्ठ उपसभापतिमा विष्णुमाया राना, उपसभापतिमा अन्जना प्रधान, सचिवमा भागिरथी सुवेदी, कोषाध्यक्षमा राधिका पराजुली,सदस्यमा सीता थापा, चित्रकला चौधरी लगायत रहनुभएको छ ।