स्थानीय समाचार

घरेलु उद्योगको प्रवद्र्धन बिना समृद्धि असम्भव

img1

 
रेडियो परासी, ८ असार । घरेलु तथा साना उद्योगको प्रवद्र्धन विना मुलुकको समृद्धि सम्भव नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । घरेलु तथा साना उद्योगको प्रवद्र्धनले उद्यमीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने भएकोले साना उद्योगको प्रवद्र्धन गर्न आवश्यक रहेको उनीहरुको जोड थियो । 
लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको आयोजनामा आज रामग्राम नगरपालिकामा भएको उद्यमीहरुको नगर भेलामा सहभागिहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघका प्रदेश नं. ५ का कार्यबाहक अध्यक्ष उमानाथ पोखरेलले महासंघको लामो आन्दोलन र संघर्षका कारण अहिले राज्यले घरेलु र साना उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याईरहेको दावि गर्नुभयो । 
तर अहिलेको बजेटले भने साना उद्यमीहरुलाई नसमेटेको उहाँको गुनासो थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दनलाल पौडेलले सरकारले लुघ तथा महिला उद्यमीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न निशुल्क दर्ता देखि विभिन्न कार्यक्रम सन्चालन गरिरहेको भन्दै त्यसको उपयोग गरी स्वरोजगार बन्न आग्रह गर्नुभयो । घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धन,क्षमता अभिबृद्धि, सिप बृद्धि, बजारीकरण लगायतमा महासंघले पहल गर्दै आएको बताउनुभयो । 
महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा प्रदेश समितिका कार्यबाहक अध्यक्ष उमानाथ पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पोेडेल, महासंघकी केन्द्रीय प्रतिनिधि लक्ष्मी क्षेत्री, रामग्राम वडा नं ५ का वडासदस्य चन्द्रप्रकाश गुप्त, नेपाल पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष मोहन पौडेल, घरेलु महासंघका जिल्ला सदस्य राजकुमार रेश्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नवलपरासीमा करिव पाँच हजार घरेलु तथा साना उद्योगीहरु रहेका छन् ।