बिबिध

टिकारामको फड्को–अब मोडलीङमा पनि

img1

 
रेडियो परासी
जेठ २०७५ । विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममार्फत दर्शक स्रोतालाई हसाउँदै छोटो समयमै कलाकारको रुपमा स्थापित हुन सफल सुनवलका कलाकार हुन्– टिकाराम भुसाल । उनलाई टीबी जोडिको एक सहयात्रीको रुपमा पनि चिनिन्छ । राजधानी बाहिर मोफसलमा कला क्षेत्रमा चर्चा कमाउन त्यत्ति सजिलो छैन् तर टिकाराम आफ्नो फरक भूमिकाबाट चर्चामा आउन सफल भएका हुन् । 
विभिन्न मेला, महोत्सव, सांस्कृतिक कार्यक्रमका मञ्चहरुमा देखिँदा उनलाई मधेसी नागरिकको भेषमा र मधेसी नागरिककै भूमिकामा देख्न सकिन्छ । उनै टिकाराम भुसाल अव म्युजिक भिडियोमा पनि देखिने भएका छन् । हालै उनले सुनिल थापाको लोक तथा दोहोरी गीत सृष्टि चलाउन राम्रै गरिछौँ बोलको गीतमा बुढो मान्छेको भूमिकामा अभिनय गरेका छन् । उनलाई कलाकार शान्ति सुनारले बढी मान्छेको भूमिकामा साथ दिएकी छिन् । सुनिल थापा र देबि घर्तिको स्वरमा रहेको सो गीतको भिडियो केही दिनमै बजारमा आउँदै छ ।