राष्ट्रिय समाचार

नेकपाको पहिलो सचिवालय बैठक सकियो, यस्ता छन् निर्णयहरु

 
 
काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको सांगठनिक र राजनीतिक काम टुङ्गो लगाउत तीन वटा कार्यदल बनाएको छ ।
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियम मस्यौदा कार्यदल, सातै प्रदेश र प्रदेश कमिटी कार्यदल र जनवर्गीय कमिटी कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 
संगठनात्मक एकीकिरणको प्रकिया अघि बढाउन विधानको परिपूरक हुनेगरी महासचिव विष्णु पौडेकलको संयोजकत्वमा नियम मस्यौदा कार्यदल गठन गरिएको छ । यो कार्यदलमा महासचिव विष्णु पौडेल सहित देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।
 
त्यस्तै, प्रदेश र प्रवास कमिटी एकीकरण गर्न पूर्वघटकहरू सदस्य रहने गरी सात सदस्यीय कार्यदल गठन गरिएको छ । संगठानात्मक एकीकरणका काम अघि बढाउन सातै वटै प्रदेश तथा प्रवास कमिटीको एकीकरण प्रकियाका लागि सुझाव पेश गर्ने बताइएको छ ।
 
पूर्वघटकहरूका इन्चार्ज तथा संयोजक यस कार्यदलको संयोजक र सहसंयोजक रहने गरी प्रदेश प्रवासको लागि सात सदस्य कार्यदल गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै, जनवर्गीय संगठनको एकीकरणको लागि पूर्वघटकका इन्चार्ज र सम्वन्धित मोर्चाको प्रमुख रहने गरी चार सदस्यीय कार्यदल गठन गरिएको छ । यी कार्यदललाई १५ दिनको म्याद दिइएको छ ।
 
त्यस्तै, बैठकले पार्टीको राजनीतिक, सैद्धान्तिक र वैचारिक धारणा छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको छ । ४४१ जनाको केन्द्रीय कार्यसमिति पनि बैठकबाट टुंगो लगाइएको छ । केन्द्रीये कार्यालय कहाँ रहने भन्ने विषयमा दुई अध्यक्षलाई निर्णय लिने जिम्मा दिइएको छ ।
 
यस्तै, बैठकले वैचारिक र सैद्धान्तिक दस्ताबेजलाई प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
 
यसैगरी बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नो भागमा परेका केन्द्रीय सदस्यको टुंगो लगाउँदै अनुमोदन गरेको हो ।
 
४ सय ४१ केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना छन् । एमालेले आफ्नो पुरानो कमिटी १९६ जनामा ४५ जना थप्दै भागमा परेका सदस्यको नाम टुंगो लगाएको थियो भने माओवादीले आफ्नो भागमा परेका २०० केन्द्रीय सदस्यको आजै टुङगो लगाएको हो ।