स्थानीय समाचार

पर्यटन पत्रकार संघ नवलपरासी(पश्चिम)को दोस्रो बैठक सुस्तामा

img1

 
रेडियो परासी, १५ वैशाख । नेपाल पर्यटन पत्रकार संघ पश्चिम नवलपरासीको दोस्रो बैठक पनि आज सुस्ताको वडा नं. २ मा सम्पन्न भएको छ । संघका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको बैठकले नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी र पत्रकार प्रमोद अर्याललाई सल्लाहकार मनोनयन गरेको छ । 
यसैगरी यही बैशाख १७ गते बुद्धजयन्तीको अवसरमा रामग्राम स्तुपमा हुने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने, जिल्लाका बुद्धसँग सम्बन्धित क्षेत्रको विकासका लागि लुुम्बिनि विकास कोष सँग र समग्र पर्यटनको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने लगायतको निर्णयहरु गरेको संघका सचिव रमेश भुसालले जानकारी दिनुभयो ।