स्थानीय समाचार

पर्यटन पत्रकार संघद्धारा चुहाडीको पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया

img1

 
रेडियो परासी, १५ वैशाख । नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल कुमावर्ति माता क्षेत्र(चुहाडी)मा पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना आवश्यक रहेको स्थानीय सरोकारवालाहरुले बताएका छन् । 
चुहाडी सत्तपत्तिको पर्यटन प्रवद्र्धनको विषयमा शनिबार नेपाल पर्यटन पत्रकार संघ नवलपरासी(पश्चिम)को आयोजनामा सत्तपत्तिमै भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् । 
नेपाल पर्यटन पत्रकार संंघका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अध्यक्ष पाण्डेले सो क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको बताउनभुयो । 
कार्यक्रममा सुस्ता गाउँपालिकाका प्रवक्ता एवं वडा न.. २ का अध्यक्ष कृष्णलाल मुखिया, चुहाडी क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ओमनारायण चौधरी, पत्रकार प्रमोद अर्याल, पर्यटन पत्रकार संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी, उपाध्यक्ष सम्झना विक, सचिव रमेश भुसाल, सहसचिव राजु पोखरेल, प्रदेश प्रतिनिधि विष्णु खनाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको संंघका जिल्ला सदस्य दिपक खनालले जानकारी दिनुभयो ।