स्थानीय समाचार

अनेरास्ववियूका सहसंयोजक नेपालीद्धारा ५ बालबालिकाको अभिभावकत्व ग्रहण

img1

 
रेडियो परासी, बैशाख १४ । अनेरास्ववियू नवलपरासी(पश्चिम)का जिल्ला सहसंयोजक रमेश नेपालीले ५ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नुभएको छ । 
सरकारले लिएको एक विद्यार्थी भर्ना मेरो सामाजिक दायित्व अभियान अन्र्तगत अखिलका सहसंयोजक नेपालीले आज सुनवल स्थित सोमनाथ आधारभूत विद्यालयमा पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको हो । स्थानीय खेमबहादुर पाण्डेका छोरा राजन पाण्डे र सावित्री पाण्डेलाई क्रमशः कक्षा ३ र ६, प्रकाश विकका छोराहरु किरण विक र प्रेम विकलाई क्रमशः कक्षा एलकेजी र ३ तथा पदम विकका छोरा अस्मीत विकलाई कक्षा एलकेजीमा भर्ना गराउदैँ आज उनीहरुका लागि आवश्यक शैक्षिक सामग्री पनि वितरण गर्नुभएको थियो । आर्थिक अभावका कारण ती बालबालिकाहरु विद्यालयमा भर्ना हुन पाएका थिएनन् । 
बालबालिकाहरुको अभिभाकवत्व ग्रहण गर्दै नेपालीले उनीहरुको एक वर्षसम्मको अध्ययन खर्च, पोशाक, शैक्षिक सामग्री आफूले व्यहोर्ने जानकारी दिनुभयो । सरकारले ल्याएको योजनालाई सफल पार्नु आफूहरुको पनि दायित्व भएको भन्दै उहाँले यो अभियानमा सहयोग गर्न अन्य विद्यार्थी नेताहरुलाई पनि आग्रह गर्नुभयो । सो अवसरमा नेकपा एमालेका जिल्ला सहसंयोजक थानप्रसाद गैरे, विद्यालयका प्रधानाध्यापक जगत प्रसाद पौडेल, समाजसेवी दिलिप चापागाई, पत्रकार लगायतको सहभागिता रहेको थियो । 
यस्तै अनेरास्ववियू नवलपरासी(पश्चिम)का जिल्ला सदस्य निरज पौडेल र सन्देश न्यौपानेले पनि आजै सुनवल २ स्थित सरस्वती आधारभूत विद्यालयमा एक÷एक जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्र्दै विद्यालयमा भर्ना गराउनुभएको छ ।