स्थानीय समाचार

युवामैत्री कृषि कार्यक्रम आउँदैँछ - कृषि मन्त्री खनाल

img1

 
 
मोहन पौडेल रेडियो परासी, १ वैशाख । नेपाल सरकारका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले लाखौँ युवालाई रोजगारी दिने आधार नेै कृषि भएको बताउनुभएको छ । सरकारले युवामैत्री कृषि कार्यक्रम ल्याउन लागेको पनि उहाँले बताउनुभयो ।
 
नववर्ष २०७५ को अवसरमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज घनश्याम यादवले आफ्नै माछा तथा कुखुरा फारम रामग्राम १६ हकुईमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनुभएको हो । आयातलाई प्रतिस्थान गर्न प्रेरित गर्ने गरी अवको कृषिको कार्यक्रम आउने उहाँले जानकारी दिनुभयो । 
 
मन्त्री खनालले अहिलेसम्म भुमि तथा भुउपयोग नीति नभएकोले भुमि नीति ल्याउने तयारी पनि भईरहेको बताउनुभयो । भुमिलाई कसरी उपयोग गर्ने भन्ने विषयमा सो नीतिमा समावेश हुने उहाँले बताउनुभयो । 
 
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका मन्त्री खनालले आगामी ९ गते लाखौँ जनताको माझमा एमाले र माओवादीको पार्टी एकिकरण घोषणा गर्ने तयारी भईरहेको पनि जानकारी दिनुभयो । 
 
यसैगरी सोही कार्यक्रममा बोल्दै प्रदेश नं ५ का भौतिक पुर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेशको आय,अधिकार, कर्मचारी समायोजन लगायतका काम अझै नटुंगीएकोले प्रदेश सरकारलाई काम गर्न चुनौति रहेको बताउनुभयो । 
 
नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र अधिकारी, भगवती भण्डारी, नेकपा एमालेका जिल्ला सहसंयोजक थानप्रसाद गैरे, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक भविश्वर तिवारी आजाद, रामानन्द यादव, नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादव, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य चिनक कुर्मी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक सुर्य न्यौपानेले जानकारी दिनुभयो ।