स्थानीय समाचार

रामग्राम स्तुपमा यसवर्ष लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले बुद्धजयन्ती मनाउने

img1

 
मोहन पौडेल/रेडियो परासी । २१ चैत्र २०७४ । यसवर्ष २५ सय ६२ औँ बुद्धजयन्ती रामग्राम स्तुप परासीमा लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाको संयुक्त आयोजनामा मनाईने भएको छ । भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुप उजैनीमा आगामी वैशाख १६ गते बुद्धजयन्ती मनाउने तयारी गरिएको आयोजकले जनाएको छ । 
बुद्धजयन्ती वैशाख १७ गते मनाईने भएपनि सो दिन मुल समारोह लुम्बिनीमा हुने भएकोले एकदिन अगावै रामग्राम स्तुपमा बुद्धजयन्ती मनाउन लागिएको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले जानकारी दिनुभयो । समारोहमा रामग्राम स्तुपको विकास र प्रवद्र्धनका लागि गरिने पहल र प्रचारप्रसारको विषयमा गहन छलफल हुने उहाँले बताउनुभयो । 
विगतमा जनप्रतिनिधि नहुँदा लुम्बिनी विकास कोषले ध्यान नदिएको तथा अन्य संघ संस्थाहरुले बुद्धजयन्ती मनाउदैँ आएकोमा यस वर्षदेखि लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले संयुक्त रुपमा बुद्धजयन्ती मनाउन लागेको मेयर गुप्ताले जानकारी दिनुभयो ।