राष्ट्रिय समाचार

भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने, अधिवशेन अन्त्यको तयारी

 
१९ चैत्र - भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने, अधिवशेन अन्त्यको तयारी
काठमाडौँः चैत २३ गतेदेखि हुन लागेको आसन्न भारत भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। सम्बोधनको जनाउ संसद् सचिवालयलाई दिए पनि समय तय भइसकेको छैन। सोमबार सम्बोधनको हुन सक्ने तयारी भए पनि शोक प्रस्ताव कार्यसूची बनेको छ।
 
प्रधानमन्त्री वा राष्ट्रप्रमुख विदेश भ्रमण जानुअघि वा पछि संसद अधिवशेन जारी रहेको अवस्था भ्रमणबारे जानकारी दिने प्रचलन छ। सोही अनुसार जानकारी  दिन लागिएको हो। सम्बोधनको समय संसद ् सचिवालयले यकिन गरिसकेको छैन।
प्रधानमन्त्रीको सम्बोधनपछि बढीमा एकरदुई बैठकमा संघीय स‌ंसद् अधिवशेन अन्त्यको तयारी छ। संसदमा विचाराधीन राष्ट्रियसभा र चिकित्सा अध्यादेश अनुमोदनपछि अधिवेशन अन्त्य हुनेछ। अन्त्यपछि वैशाख तेस्रो साताभित्र अधिवेशन आह्वान गर्न तयारी गरिएको छ। चालु अधिवशेन माघ २१ गते सुरु भएको हो।
विचाराधीन अध्यादेश स्वीकृतपछि संसदलाई विजनेश छैन। विजनेश नभएपछि अधिवेशन अन्त्यको तयारी गरिएको छ।