बिबिध

दुरदर्शीपुर्ण चमत्कारिक निर्णय र राजनेताको गतिशील नेतृत्व“

img1

 
शिवशंकर बस्याल
केन्द्रीय सदस्य, एकिकृत अखिल नेपाल शिक्षक संगठन एवं निर्वतमान जिल्ला अध्यक्ष, नवलपरासी
केही दिन यता ने.क.पा (एमाले)को स्थायी कमिटीको निर्णय मार्फत ने.क.पा माओवादी (केन्द्र) संग पार्टी एकता र चुनावी तालमेलको लागि गरिएको प्रस्ताव र ने.क.पा. माओवादी (केन्द्र) को सचिवालय बैठकले गरेको सकारात्मक प्रतिक्रियाको बिचमा विभिन्न राजनीतिक तह तप्का र सामाजिक सञ्जाल मार्फत आएका सकारात्मक तथा नकारात्मक प्रतिक्रियाको बिचमा आफ्नो धारणा राख्ने जमर्को गरेको छु।
   समय समयमा क. प्रचण्डले व्यक्त गर्ने गरेको चमत्कार, ,छलाङ र फ्युजन जस्ता शब्दावली आज पुन ब्यवहारसिद्ध प्रमाणित भएको छ। शान्ति प्रक्रियामा समावेश भएदेखि नै लाखौंलाख जनताको आशा र भरोसाको केन्द्र बनेको माओवादी (केन्द्र) विधिसम्मत संगठनत्मक संरचना बिना नै त्यसको नेतृत्व राष्ट्रको निर्विकल्प नेतृत्व स्थापित हुनु र कार्यकर्तामा आधारित विधिसम्मत र पुर्ण प्रजातान्त्रिक प्रक्रियाबाट निर्वा्चित भएको संगठनात्मक आधार भएर पनि ने.क.पा. (एमाले) को नेतृत्व सङ्किर्ण, अस्थिर र कुहिरोको काग जस्तै बन्नु ,जसको प्रत्यक्ष र नकारात्मक प्रभाव देश र जनता मा पर्नु, वामपन्थी शक्ति विकेन्द्रीत हुनु , राजनीति व्यापारीकरणमा परिणत हुनु, राजनितिक अस्थिरता अन्त्यको गुन्जायस नदेखिनु र राजनितिमा युवापुस्ताको विकर्षण बढी रहेको सन्दर्भमा साँचो अर्थको वामपन्थी एकता आमजनताको चाहाना र राष्ट्रको आवश्यकताको रुपमा बुझ्नु सान्दर्भिक देखिन्छ।
  भिषण आँधिहुरी सहितको जनयुद्ध , हजारौंको बलिदानी, बेपत्ता, घाइते, अपांगता तथा अनेकौं सङ्घर्ष बाट स्थापित सशक्त र गतिशील नेतृत्व जसको नाम नलिदा नेपालको राजनिती शुन्यतामा अडिन्छ।विश्वसमुदायले स्विकार गरेको राजनेताले सिमित व्यक्तिहरुको स्वार्थ रक्षाका लागि सङ्किर्ण विचार र पार्टीको नेतामा मात्र अल्झिरहन कदापि शोभनीय हुन सक्दैन। यसै अनुरुप संविधान निर्माणमा थुप्रै अडान र असहमति हरुलाई फरक मतको रुपमा सुरक्षित राख्दै सहमतीको दस्तावेजको रुपमा संविधानलाई अगाडि बढाउन हाम्रो पार्टी नेतृत्व तयार हुन पुग्यो। शान्ति प्रक्रियामा प्रवेश गरे देखि नै एमाले सहित को सिङ्गो वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्दै राष्ट्र, राष्ट्रियता र दशकौंदेखि अनेक रुप र तहमा उठ्दै आएका जनजिविकाका सवाल, सामाजिक न्याय र समानताका मुद्धाहरु लाई सार्थक आकारमा पुर्णता दिने क.प्रचण्डको विचारले जब क.प्रचण्डकै नेतृत्वमा नेपालको संविधान(२०७२ को निर्माण र घोषणा प्रक्रिया संगै छिमेकी राष्ट्र भारत संग सम्बन्ध बिग्रीएर नाकबन्दी सम्म पुगेको अवस्थालाई कुटनैतिक रूपमा समाधान गर्ने, लामो समय देखिको मधेसको असन्तुष्टिलाई समाधान गर्दै स्थानीय तहको निर्वाचन सानदार रुपमा सम्पन्न गराउने जस्ता राष्ट्रिय सवालको कुशलता पुर्वक नेतृत्व क. प्रचण्ड बाट सम्पन्न भए लगत्तै एमाले लगाएतका अन्य शक्ति हरु क.प्रचण्डको राजनीतिक र नेतृत्वदायी क्षमता प्रती विश्वस्त बन्न पुग्यो।जसको परिणाम पार्टी केन्द्रिय सचिवालयबाट वामपन्थी राजनितिक शक्तिहरुको बिचमा पार्टी एकता गरेर राष्ट्रिय आवस्यकता र जिम्मेवारी बोध गर्दै सशक्त र सबल कम्युनिष्ट पार्टीको निर्माण र नेतृत्व गर्ने विचार अनुमोदन हुन पुग्यो जुन पार्टी र पार्टीका आम नेता ,कर्याकर्ता तथा शुभेच्छुक हरुको लागि सुखद र गौरवपुर्ण विषय हो।
    ने.क.पा. माओवादी (केन्द्र)को स्थापना , २०५२ सालदेखि सुरु भएको सशस्त्र जनयुद्ध, २०६२र६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौता र सेना समायोजन , २०६४को पहिलो संविधान सभाको निर्वाचन, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना हुँदै यहाँ सम्म आइपुग्दा क.प्रचण्डका ठुलाठुला राजनीतिक सहकर्मी हरुले साथ छोडे,बाटैमा हराए तर प्रचण्डको गति रोकिएन निरन्तर अगाडि बढे, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतिक्रियावादी तथा प्रतिगमनकारी हरुले राजनीतिक तथा गैरराजनीतिक रुपमा आक्रमण गरिरहे तर प्रचण्ड थाकेनन्। तसर्थ, क.प्रचण्ड माओवादीका पर्याय त हुँदै हुन् अब त नेपालकै पर्याय बनिसके। तसर्थ पार्टीका तमाम नेता, कार्यकर्ता ,समर्थक र शुभेच्छुक हरुमा राजनितिक सङ्किर्णता र गुटबन्दीलाई त्यागौं, राजनितिको नयाँ र सबै अटाउने खुल्ला राजमार्गमा लामवद्ध हुने अभ्यास गरौं ,राजनितिमा कोहि पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने कुरा लाई आत्मसात गरौं र क.प्रचण्डको गतिमा साथ दिन कन्जुस्याइँ नगरौं भन्ने अपिल गर्न चाहन्छु।