स्थानीय समाचार

सुस्ता गाउँपालिकामा एमाले विजयी

img1

 
मोहन पौडेल
परासी, १६ असार । नवलपरासीमा नेकपा एमालेले गाउँपालिका प्रमुखमा सुस्ताबाट खाता खोलेको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हस्मुदिन शेषलाई पाँच सय ५९ मतको अन्तरले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डे अध्यक्ष पदमा विजयी हुनुभएको छ ।
पाण्डेले ३५११ मत पाउनुभएको छ । उहाँका प्रतिद्धन्द्धी काग्रेसका शेषले २९५२ मत ल्याउनुभएको थियो । यस्तै उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । सुस्ता गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईका अनुसार सुस्ता गाउँपालिकाको उपाध्यक्षमा ३५६५ मत ल्याएर एमालेकी ईन्द्रकुमारी थरुनी विजयी हुनुभएको छ । 
उहाँका प्रतिद्धन्द्धी कांग्रेसकी विमला उपाध्यायले २८३७ मत ल्याउनुभएको छ । पाँच वटा वडा रहेको सुस्ता गाउँपालिकाको वडा नं १ मा कांग्रेसका अशोककुमारी चौधरी, वडा नं २ मा एमालेका किसुनलाल मुखिया, वडा नं ३ मा राप्रपाका राजकुमार चौधरी, वडा नं ४ मा एमालेका अशोक गुरुङ, वडा नं ५ बाट कांग्रेसका प्रभुनाथ यादव वडा अध्यक्षमा विजयी हुनुभएको छ । १८ हजार ५ सय ५५ मतदाता रहेको सुस्ता गाउँपालिकामा १२ हजार ९ सय २६ मत खसेको थियो ।