स्थानीय समाचार

नवलपरासीमा स्थानीय तह निर्वाचन तयारी पुरा

 
मोहन पौडेल/रेडियो परासी, १२ असार । दोस्रो चरणको स्थानीय निर्वाचन हुने नवलपरासीको पाँच नम्बर प्रदेशका सात वटा स्थानीय तहमा निर्वाचनको सम्पुर्ण तयारी करिव पुरा भएको छ । परासी क्षेत्रका रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा यही असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुदैँछ । 
सात स्थानीय तहका एक सय २० मतदान स्थल र २ सय ४० मतदान केन्द्र मार्फत असार १४ गते एक लाख ८३ हजार १३ जना मतदाताले मत खसाल्दैछन् । त्यसका लागि २ सय ४० मतदान अधिकृत, २ सय ४० सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरि जिल्लाका कुल एक हजार चार सय ३८ जना कर्मचारी खटिएका छन् । 
उनीहरु मतदान सामाग्री, मतपेटीका सहित आ–आपनो मतदान केन्द्रमा पुगेर मतदाता परिचय पत्र वितरण गरिरहेका छन् । सोमबार देखि मतदान केन्द्रको निमार्ण पनि सुरु भएको छ । जिल्लामा एक हजार सात सय ६१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । असार १४ गते हुने निर्वाचनबाट रामग्राम नगरपालिकामा ९२ जना, सुनवल नगरपालिका ६७ जना, बर्दघाट नगरपालिकामा ८२ जना, पाल्हीनन्दन गाउँपालिकामा ३७ जना, सरावल गाउँपालिकामा ३७ जना, प्रतापपुर गाउँपालिकामा ४७ जना, सुस्ता गाउँपालिकामा २७ जना प्रतिनिधि चयन हुनेछन् । प्रत्येक वडामा वडा अध्यक्ष एक जना, महिला सदस्य एक जना, दलित महिला सदसय एक जना तथा खुल्ला वडा सदस्य दुई जनाका दरले चुनिनेछन् भने प्रत्येक नगरपालिका वा गाउँपालिकामा प्रमुख र उपप्रमुख एक÷एक जनाको दरले चुनीने छन् । 
मुख्य निर्वाचन अधिकृत कैलाश केसीका अनुसार रामग्राम नगरपालिकामा ४ सय ६३ उम्मेवार, सुनवल नगरपालिकामा ३ सय २३, बर्दघाट नगरपालिकामा ३ सय ५३, पाल्हीनन्दन गाउँपालिकामा एक सय ४७ जना, सरावल गाउँपालिकामा एक सय ८७ जना, प्रतापपुर गाउँपालिकामा एक सय ५९ जना, सुस्ता गाउँपालिकामा एक सय २९ जना उम्मेदवार रहेका छन् । 
यस्तै रामग्राम नगरपालिकामा ३० हजार २ सय ५५, सुनवल नगरपालिकामा २० हजार ८ सय १९, बर्दघाट नगरपालिकामा ३७ हजार ९ सय ९९, पाल्हीनन्दन गाउँपालिकामा १८ हजार ९ सय ४७, सरावलमा ३२ हजार ३सय १५, प्रतापपुरमा २४ हजार एक सय २३, सुस्तामा १८ हजार ५ सय ५५ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । 
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था समेत तयारी अवस्थामा रहेको प्रम्ुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताउनुभएको छ । सुरक्षा व्यवस्था चुस्त र सृदढ भएकोले निर्धक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ । यस पटको निर्वाचनका जिल्लामा चार हजार बढी सुरक्षाकर्मि परिचालन गरिएको छ । 
जिल्लामा प्रत्येक निर्वाचनका लागि नेपाल प्रहरी १हजार २सय ९ जना, म्यादी प्रहरी १ हजार ८ सय ७० जना, सशस्त्र प्रहरी ७ सय जनालाई संबेदनशिलता अनुसार परिचालन गरिएको छ भने  नेपाली सेना ४ सय ४० जनालाई व्याक फोर्सको रुपमा परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय नवलपरासीबाट सबै ७ वटा स्थानिय तहमा आवश्यकता अनुसार सुत्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।