स्थानीय समाचार

सुनवल उत्कृष्ट र सुविधा सम्पन्न स्मार्ट सिटी बनाउँछु - विमला अर्याल

img1

 
नवलपरासीको पहिलो बालमैत्री नगरको रुपमा परिचित सुनवल नगरपालिकाको मेयर पदमा नेकपा एमालेले महिलालाई अवसर दिएको छ । नेकपा एमालेको जिल्ला कमिटिमा लामो समय देखि जिम्मेवारी बहन गर्दै विभिन्न सामाजिक संघ संस्थाको समेत नेतृत्व गर्दै कुशल महिला नेतृ तथा समाजसेविको रुपमा परिचति विमला अर्याललाई एमालेले सुनवल नगरमा मेयर पदमा उठाएको छ । मेयर पदमा उम्मेदवारी गरेकी अर्यालसँग सामुदायिक रेडियो परासीले गरेको कुराकानि
सुनवलको मेयर पदमा तपाईको उम्मेदवारी किन ?
१३९.१० बर्ग कि.मि. क्षेत्रफल मा फैलिएको सुनवल नगरपालिकामा ३२ हजार मतदाता रहेका छन् । पछिल्लो समयमा औद्योगिक नगरीका रुपमा पहिचान बनाउने प्रयासमा रहेको सुनवलमा सचेत नागरिकको बसोवास रहेको छ । बन जंगल, खोलानाला, पहाड र तराईको समथर भुभाग रहेको नेपालको पहिलो बालमैत्री नगर सुनवलमा कृषि, पर्यटन, उद्योग, शिक्षा, संचार, पुर्वाधार र मानविय संशाधन लगायतको प्रयाप्त बिकास गर्दै ५ बर्षमा नेपालकै एक उत्कृष्ट र नमुना नगर बनाउन सक्ने अवसर र संभावना सुनवलमा हामीले देखेका छौँ । तसर्थ असार १४ गतेको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरेर जनचाहना अनुरुप खष्कष्यल, mष्कष्यल  उबिल का साथ नगर निर्माणको काम गर्ने अवसर प्रदान गरिदिनहुन अनुरोध गर्दछौ । युगान्तकारी परिवर्तनको संघारमा उभिएर हामि अत्यन्तै  जिम्मेवारीका साथ महत्वपूर्ण र गहन फैसला गर्दै सुनवल नगरपालिकाको दुरदृष्टि, उद्धेश्य र गन्तव्य सहितको मार्गचित्र (च्यबम ःबउ) नगरवासी आदरणीय नागरिकहरु समक्ष प्रस्तुत गरेका छौ ः        
नेकपा एमालेलाई सुनवलवासीले किन मत दिने ?
यसलाई म शिर्षकअनुसार भन्न चाहुन्छु । 
१.भौतिक पुर्वाधार
हामीलाई थाहा छ “बिहानीले दिनको संकेत गर्दछ,” नगरवासी र देश विदेशबाट सुनवल आउने जो कोहिले पनि सबैभन्दा पहिले नगर र वडाको कार्यालय प्रवेश गर्दछन् कार्यालयको पुर्वाधार र सेवा प्रवाहको आधारमा नगर प्रतिको पहिलो दृष्टिकोण तयार हुने गर्दछ, ।हामीले पहिलो काम एकै पटक नगर  सरकारको अवधारण अनुरुपको बातावरणमैत्री, बालमैत्री, अपा∙मैत्री, भुकम्प प्रतिरोधि, अत्याधुनिक र नेपालमै नमुना सुविधा सम्पन्न र बहुउद्धेश्यीय नगरपालिका र वडा कार्यालय भवन निर्माण कार्य एक वर्षभित्र सम्पन्न गरिने छ । 
२. सडक तथा यातायात 
नगरपालिका भित्र रहेका सबै सडकहरुको वर्तमान अवस्था एवं भविश्यमा गर्नुपर्ने स्तरोन्नती र नया“ सडक निर्माणका लागि वृहत सडक गुरुयोजना तयार गरिने छ । नगरपालिका भित्रका सबै वडाहरु जोडिने गरी एक नगर स्तरीय नमुना चक्रपथको निर्माण गरिने छ । नगरका मुख्य सडकहरु सुनवल महलपोखरी पाल्पा सडक, ज्यामिरे रामग्राम सडक, तुरिया तोनवा सडक, नयाबस्ती बिसी मिल सडक, बनकट्टी स्वाठी सडक, सुनवल बिहारी सडक, भुमहि जर्गाहा सडक, बनदेवी बर्दगोरिया सडक, वर्दगोरिया मामीसतिसवरिया सडक, मिनि वडेरा वर्दगोरिया सडक, फरौलि बलुवा सडकको निर्माणका लागि स्थानीय र केन्द्रीय लगानी सुनिश्चित गरि ३ बर्ष भित्र कालोपत्रे निर्माणकार्य पुरा गरिने छ। 
३. शिक्षा 
नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण नागरिकहरुलाई साक्षर बनाइने छ । यसका लागि संस्थागत विद्यालय, सामुदायिक विद्यालय र संघसंस्थाहरु संग सहकार्य गरिने छ । संस्थागत विद्यालयहरुलाइ समुदायप्रति थपा उत्तरदायी बनाउन प्रेरित गरिने छ । सामुदायिक विद्यालयहरुको भवन र अन्य भौतिक संरचना आवश्यकता अनुसार मर्मत संभार गरि जोखिम रहित बनाउनका लागि तत्काल काम अगाडि बढाइने छ । विपन्न, असहाय, दलित र पछाडी परेको वर्गका लागि विशेष शैक्षिक कार्यक्रम अन्र्तगत शुन्य लागतमा शिक्षा दिने व्यबस्था मिलाइने छ । 
४ . खानेपानी तथा सरसफाई 
सुनवलमा बसोबास गर्ने कुनैपनि नागरिकले स्वच्छ पानिबाट बञ्चित हुन पर्नेछैन । एक घर एक धाराको अवधारणा तत्काल कार्यान्वयन गरिने छ । न्यूनतम ३ बर्ष भित्र सबै नगरबासीका घरमा न्यूनतम १ स्वच्छ र सुरक्षित पिउने पानिको धारा मासिक रु. १०० न्यूनतम महशुलमा प्रत्येक घरलाई उपलब्ध गराइने छ । यसबाट उपभोक्ता समितिहरुलाइ पर्ने आर्थिक भार नगरपालिकाले वहन गर्नेछ ।  सहज र दिगो खानेपानी व्यबस्थापनका लागि नगर स्तरमा खानेपानी बोर्ड स्थापना गरिने छ । खानेपानी वितरण नभएका ठाउँहरुमा खानेपानी वितरणको कामलाइ तत्काल अगाडि बढाईने छ । 
५. व्यवस्थित शहरीकरण 
नगरलाई सुन्दर, स्वच्छ र सुरक्षित तथा बातावरणमैत्री हरित सहरको रुपमा विकास गरिने छ । नगरभित्रका शहरोन्मुख क्षेत्रहरुको पहिचान गरी वस्ती विकास कार्यक्रम १ ब्लक २० घर आवासीय क्षेत्रको अवधारणा अन्तर्गत नमुना एकिकृत वस्तीको क्रमशः विकास गर्दै लैजाने नीति लिइने छ । यस कार्यक्रममा भुकम्प पिडित, बाढी पिडित, र  आर्थिक रुपले बिपन्नलाई विशेष प्राथमिकता दिइने छ । हालको असहज नकशा पास प्रक्रियालाई सहज, सुलभ र झन्झट मुक्त बनाई घरदैलोमै सेवा दिने गरि व्यबस्थित गरिने छ 
६.पर्यटनको विकास तथा प्रवद्र्धन
पर्यटन प्रवद्र्धन र बिकासको राम्रो सम्भावना रहेको सुनवलमा पर्यटन विकास र प्रवद्र्धनका लागि पर्यटन विकास गुरुयोजना बनाई लागु गरिने छ । पर्यटकहरुको रोजाईमा सुनवल पहिलो हुनेगरि योजना निर्माण गरिने छ । नगरपालिकाको महलपोखरी र बिहारीमा  भ्यु टावर निर्माण गरी पर्यटकीय गन्तव्य स्थलको विकास गरिने छ । होटल, मोटेल, रिसोर्ट तथा गेष्टहाउस खोल्नको लागि उपयुक्त वातावरण सृजना गरिने छ । महलपोखरी, देवदह पोखरी, स्वाठी पोखरी, पचभैया पोखरी अ मरपोखरी, बाबाबर्दगोरिया, मामीसति सबरिया कोटियामाई लगायतका उपयुक्त स्थानलाई सुविधा सम्पन्न पिकनिक तथा पर्यटकिय स्थलको रुपमा विकास गरी आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीय जनताको रोजगारी तथा आयआर्जनमा टेवा पुग्ने गरी योजनाहरु बनाइने छ । 
७. ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक सम्पदा संरक्षण 
ऐतिहाँसिक, धार्मिक, सांस्कृति, पुरातात्विक महत्व बोकेको यस नगरपालिकाका विभिन्न स्थलहरुको स्थानीय नागरिकहरुको सहभागितामा संरक्षण, संवद्र्धन तथा पुर्ननिर्माण गरिने छ । महलपोखरी , देवदह, बैरागनाथ, ओमकारेश्वर, कैलाशेश्वर, सोमनाथ, बिहारी दरवार, उत्तरायण, मामीसतिसवरिया, कोटही मन्दिर, गुठी, गुम्वा र चर्चहरु लगायतका नगरपालिका भित्रका सांस्कृतिक तथा धार्मिक स्थलहरुको लगत राखी गुरुयोजना बनाई संरक्षण तथा प्रवद्र्धन र जिर्णोद्धार गरिने छ । विभिन्न धर्म सम्प्रदायले सञ्चालन गर्ने जात्रा मेला हरुका लागि बिषेश आर्थिक सहयोग गरी मौलिक संस्कृतिको जर्गेना र बिकास गरिने छ । 
८.स्वरोजगार कार्यक्रम 
रोजगारी प्रवद्र्धनका लागि नगरमा एक स्वरोजगार कोषको स्थापना गरिने छ । कोषले वेरोजगारको  लगत लिने अद्यावधि गर्ने र बेरोजगारहरुका लागि रोजगारी सृजना गर्ने कार्यक्रम संचालन गर्ने छ। “एक परिवार न्यूनतम एक रोजगार” निति  अवलम्बन गरिने छ ९. सुशासन नीति 
नगरपालिकाका काम कार्यवाहीहरुलाई नागरिक तहसम्म पु¥याउँदै क्षतिपुर्ति सहितको सेवाको ग्यारेन्टी गर्ने नीति लिइने छ । सेवाग्राही प्रति जिम्मेवार, उत्तरदायी, पारदर्शी, सक्षम र प्रविधिमैत्री कर्मचारी प्रशासनको निर्माण गरिने छ । शुन्य भ्रष्टाचारको नीतिलाई कडाईका साथ लागू गरिने छ । नागरिकहरुले तिरेको कर र सोको खर्चलाई त्रैमासिकरुपमा सार्वजनिक गरिने छ ।
 
१०. कर नीति 
कर नितिलाई नागरिक मैत्री बनाईने छ । नागरिकले कर तिर्दा गौरव महशुस गर्ने बातावरण सृजना गरिने छ । प्रगतिशिल तथा वैज्ञानिक कर नीति अवलम्बन गरिने छ । हाल नगरपालिकाको कर्मचारी संयन्त्रबाट लागू गरिएका जनचाहना र क्षमता विपरितका  करका दरहरुको पुनरावलोकन गरिने छ । ।
११.सूचना प्रविधि 
नागरिकहरुको सल्लाह, सुझाव, चासो, जनगुनासो लगायतका विषयहरुको सम्बोधन गर्न नागरिक सूचना केन्द्रको स्थापना र सूचना अधिकारीको व्यवस्था गरिने छ । नगरपालिकालाई २१ औ शताब्दीको सूचना प्रविधि मैत्री नगर बनाउने नीति लिइने छ । २१ औँ शताब्दीको युग सापेक्ष बनाउन नगरपालिकाको वेवसाइटलाई अध्यावधिक गरि सबै नागरिकको पहुँचमा पुर्याईने छ । प्रत्येक वडाको समेत छुट्टाछुट्टै वेवसाइट खोलिने छ । सूचना प्रवाहको लागि नगपालिकाको आफ्नै एप्स (क्गलधब िब्उउक) निर्माण गरी सञ्चालनमा ल्याइने छ । जसबाट कर, नक्सापास लगायतका कार्यालयबाट प्रवाह गरिने सेवाकालागि आवश्यक  कागजात, शुल्क र लाग्ने समय सहितकोे सम्पूर्ण जानकारी सहित इलष्लिभ सेवा उपलब्ध गराइने छ । जसमा नगरपालिकाका रहेक गतिविधि समावेश हुनेछन् । सूचना, मनोरञ्जन, बिकास निर्माण, जीवनउपयोगी सीप तथा ज्ञान प्रवाह गर्नका लागि स्थानीय एफ.एम. सञ्चालन, पत्रपत्रिका प्रकाशन, टेलिभिजन प्रसारण तत्काल शुरु गरिने छ । पहिलो बर्ष नगरपालिका र सबै वडा कार्यालयहरुलाई, दोस्रो बर्ष संघसंस्था , बिद्यालय, कार्यालय र तेस्रो बर्ष पुरै नगरपालिकालाई ँचभभ ध्षष् श्यलभ बनाइने छ । नगरका मुख्य चोक, बजार र संमवेदनशिल क्षेत्रमा सि.सि.टि.भि. जडान गरिने छ सुनवललाई अत्याधुनिक स्मार्ट सिटि बनाउने मूल लक्ष्यका  साथ आधुनिक र प्रविधियुक्त शहरको रुपमा विकास गरिने छ । 
१२.सामाजिक सुरक्षा भत्ता 
एमाले पार्टी जेष्ठ नागरिकको साथी अवधारणालाई साकार बनाउन  नगर तहमा एक सामाजिक सुरक्षा कोष स्थापना गरिने छ नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तामा नगरपालिकाले मासिक रु.१०००।०० थप गर्नेछ। नीति, विधि र प्रविधिलाइ समायोजन गर्दै सामाजिक सुरक्षा भत्तालाइ घरघरमा पुराइनेछ ।। जेष्ठ नागरिकका लागि मासिक रुपमा निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइने छ । जेष्ठ नागरिकलाई बर्षको कम्तीमा एक पटक धार्मिक भ्रमण र सम्मान कार्यक्रम गराईने छ । जेष्ठ नागरिक  कार्यक्रम अन्तर्गत सबै वडाहरुमा एक एक वटा जेष्ठ नागरिक केन्द्र निर्माण गरिने छ , सो केन्द्रबाट जेष्ट नागरिकले पाउने  सबै सेवा सुविधा उपलब्ध गराईने छ । 
१३. स्वास्थ्य 
स्वास्थ्य मानव जीवनको आधारभूत आश्यकता भएकाले नगरभित्रका स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्रहरुलाइ प्रभावकारीरुपमा सञ्चालन गरिने छ । नगरस्तीय सुविधासम्पन्न अस्पताल निर्माण कार्य ततकाल शुरु गरिने छ।  आवश्यकता अनुसार वडा तहमा वर्थिङ्ग सेन्टर निर्माण गरी सञ्चालन गरिने छ । हाल सञ्चालनमा रहेका नीजि अस्पतालहरुसंग समन्वयन गरी सहुलियतमा उपचारको व्यवस्था समेत मिलाइने छ । स्वास्थ्य संस्थाहरुको समन्वयनमा नगरस्तीय एम्बुलेन्स तथा शववाहन सञ्चालनमा ल्याइने छ । स्वास्थ्य स्व्यंसेविकाहरुले समाजप्रति गरिरहनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सवस्थय अभियन्ताको रुपमा परिचालन गरिने छ । स्वास्थ्य स्वयम सेवीकाहरुलाई संचार, पोषाक, साईकल र मासिक रु. ५०००  सुविधा उपलब्ध गराइने छ । स्वास्थ्य विमा कार्यक्रमलाइ प्रभावकारीरुपमा लागू गर्ने नीति लिएको छ ।
१४.वन तथा वातावरण 
वन र मानिस को अनोन्याश्रित र जन्मदेखि मृत्युसम्मको सम्बन्धलाई मध्यनजर राख्दै २०५४ सालदेखि शुरु गरिएको सामुदायिक बन संरक्षण, बिकास, प्रवद्र्धन, व्यवस्थापनमा र बन पैदावार उपभोगको अधुरो अभियानलाई उपभोक्ताहरुको हितमा बैज्ञानीक पद्धतीबाट पुनः शुरु गरिने छ । बन उपभोक्ता समितिलाई क्षमता बिकास र आवश्यक सहयोग गरिने छ । वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि सम्भाव्य स्थानमा एक चिडियाखाना स्थापना गरिने छ । नगरलाइ हरियालीयुक्त बनाइ प्रदुषणमुक्त बनाउनका लागि बिषेश अभियान शुर गरिने छ ।
१५. फोहोरमैला व्यवस्थापन 
आफ्नो टोल आफै सफा राखौं अभियानको रुपमा प्लास्टिकजन्य समानको प्रयोग न्यून गरिने छ । निजी तथा समुदायिक निकायसंगको सहकार्यमा प्रत्येक घरबाट निस्कने फोहर नगरपालिकाले संकलन गर्नेछ । कुहिने र नकुहिने फोहरको वर्गीकरण गरी कुहिने फोहरबाट प्राङ्गारिक मलको उत्पादन गरिने छ । 
१६. खेलकुदको विकास 
सबैका लागि खेलकुद , सधैंका लागि खेलकुद अभियान संचालन गरिने छ । जस अनुरुप  प्रत्येक वडामा एक खेल मैदान र कुनै न कुनै खेलको विकास गर्ने नीति अवलम्बन गरिएको छ । फुटबल, बास्केट बल, भलिवल, क्रिकेट एवं मार्सल आर्टस सम्बन्धी खेलको विकास र विस्तारका लागि नगरस्तीय खेलकुद समिति गठन गरिने छ । बडेरा, किर्तिपुर, बनाहा, स्वाठी हर्दिया र सिरानटोलमा नगर स्तरका खेल मैदान र कवर्डहल तयार गरिने छ । खेलमैदानहरुको संरक्षण र उपयोगका लागि छुट्टै संरचना निर्माण गरिने छ । 
१७. नगर सुरक्षा 
नगरमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुको सुरक्षालाइ ध्यान दिदै नगर सुरक्षा गुरुयोजना तयार गरिने छ । नगर प्रहरीको व्यवस्था गरिने छ । नेपाल प्रहरी र सुरक्षा निकायसंग समन्वय गरी सबै वडामा  वडा प्रहरी कार्यालय स्थापना गरिने छ ।
१८. वित्तीय नीति
नगर बिकास बैंकको स्थापना गरिने छ । सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुरुप कार्य गर्न सहकारीहरुलाइ प्रेरित गर्दै सुरक्षित र गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने छ । सहकारीहरुको सबलीकरण र दक्ष जनशक्ति उत्पादनका लागि नगरस्तरीय सहकारी विभाग गठन गरिने छ । वडा नं ७,८, बनकट्टी र स्वाठी  क्षेत्रमा वैंक स्थापनाका लागि समन्वय गरिने छ । सहकारी र बैकहरुसंग नगरपालिकाले सहकार्य गर्नेछ ।
१९. औद्योगिक व्यापार नीति 
नगरभित्र सञ्चालनमा रहेका उद्योगहरुलाई औद्योगिक नीति अनुसार व्यवस्थित गरिने छ । चिनि मिल, सिमेन्ट मिल, डिष्टिलरी लगायतका उद्योगबाट निस्कने प्रदुषणलाई नियन्त्रण गरिने छ । श्रमको सम्मान गर्ने वातावरणमैत्री उद्योग स्थापनाका लागि आवश्यक नीति तय गरिने छ । स्थानीयस्तरमा रोजगारी सृजनाका लागि लगानीमैत्री वातावरण बनाइने छ । घरेलु तथा साना उद्योग र पसललाई व्यबसाय दर्ता निशुल्क र  करमा सहुलियत दिईने छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाइ उच्च प्राथमिकतामा राखी करछुटको नीति अवलम्बन गरिने छ । अव्यवस्थित हाट बजारहरुलाई उपयुक्त स्थानमा व्यवस्थित गरिने छ । 
२०. लक्षितवर्ग कार्यक्रम 
नगर स्तरमा एक बहुउद्धेश्यीय महिला श्रोतकेन्द्र स्थापना गरि सोही भवनबाट नगरका महिलाहरुका गतिबिधि संचालन गरिने छ । महिलाहरु माथि हुने सबैखाले बिभेद र हिंसाजन्य गतिबिधि अन्त्य गरिने छ । 
सुनवल नेपालको पहिलो बालमैत्री नगर हो । नगर र वडा तहमा बाल संजालको भवन निर्माण गरिने छ । बालमैत्री दिगोपनाकालागि रणनितिक  कार्ययोजना बनाइ कार्यान्वयन गरिने छ । बालबालिकाको लागि नेपालमै एकमात्र सुरक्षित नगरको रुपमा विकास गरिने छ । 
२१.सुकुम्बासी समस्या
बिगतदेखि सुकुम्वासीको पक्षमा लड्दै नगरभित्रका करीव ३ हजार सुकुम्वासी र अव्यबस्थित बसोबासीहरुलाई लालपूर्जा बितरणमा नेतृत्व गरेको नेकपा एमालेले नगरभित्र रहेका सबै सुकुम्बासी र अव्यबस्थित बसोबासीहरुलाई १ बर्ष भित्रै लालपूर्जा बितरण गर्ने र रोक्का रहेका जग्गाहरु तत्काल फुकुवा गराईने छ ।
२२. प्राकृतिक सम्पदाको उपयोग 
बातावरणमैत्री नगर निर्माण अभियानको प्रतिकुल नहुने गरि नगर भित्र रहे