स्थानीय समाचार

देख्न, सुन्न र बस्न लायक बर्दघाट नगर बनाउँछु ः एमाले मेयर उम्मेदवार धिरज शर्मा

img1

 
करिव २० वर्ष पछि हुन गइरहेको स्थानिय तहको  दोश्रो चरणको चुनावी रौनकले बर्दघाट नगरपालिकालाई पनि छोएको छ । नेकपा एमालेको तर्फदेखी बर्दघाट नगरपालिकाको मेयर पदको लागि युवा नेता धिरज शर्माले उम्मेदवारी मनोनयनन गरेका छन् । लामो समय देखी नेकपा एमाले जिल्ला कमिटी, र स्थानिय स्तरमा लोकप्रिय युवा नेताको रुपमा आफूलाई परिचित गराएका शर्मा सामाजिक कार्यमार्फत पनि जनतामाझ आफूलाई स्थापित गराएका नेताको रुपमा परिचित छन् । शिक्षा क्षेत्र हुँदै सामाजिक सँस्थाहरुबाट शर्माले आफूलाई बौद्धिक सामाजिक ब्यक्तिको रुपमा आफूलाई स्थापित गराएका छन् । मानविय सेवामा समर्पित साथसाथै कुशल ब्यवस्थापकिय क्षमता भएका शर्मा स्थानिय तह निर्वाचनमा मेयर पदका प्रत्यासीको रुपमा उभिइरहँदा समग्र बर्दघाटको विकासका बारेमा  सामुदायिक रेडियो परासीका लागि मोहन पौडेलले गरेको कुराकानीको केहि अंश
 धिरज जी, चुनावी तयारी कसरी भइरहेको छ ?
– आगामी असार १४ गते हुने स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा बर्दघाट नगरपालिकामा ब्यापक जनपरिचालनका साथसाथै घरदैलो, भेटघाट, जनताका गुनासाहरु सँकलन, समाधानको बारेमा छलफल लगायतका कामहरु गर्दै चुनावी कार्यक्रमहरु अघि बढिरहेको छ । जनताहरुलाई यस निर्वाचनको महत्व, यसले पार्ने दुरगामी प्रभाव र नेकपा एमालले किन जित्नु पर्छ भन्ने कुराको सचेतनता फैलाउँदै हाम्रा कार्यहरु अघि बढिरहेका छन ।
बर्दघाट नगरको विकासको लागि नेकपा एमालेले के कस्ता कार्यक्रमहरु जनता समक्ष लिएर गएको छ ?
– एमालेको नेतृत्वमा स्थानिय सरकार, बर्दघाट नगरको दिगो अनि समग्र विकास भन्ने अवधारणालाई मुर्त रुप दिनको लागि सुकुम्बासी, खानेपानी, जनताको सिँचाइ अनि तटवन्ध, ब्यवसायिक खेती प्रणाली, विद्युतिकरण, स्वास्थ्य, स्तरिय सडक सञ्जाल, सुरक्षित नगर, उज्यालो नगर, भ्रष्टाचार मुक्त नगर, बालश्रम मुक्त नगर, गरिव आवास योजना, वातावरणमैत्री नगर, सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरुलाई नेकपा एमालेले बर्दघाट नगरपालिका भित्र कसरी ब्यवस्थित गर्ने भन्ने सन्दर्भमा वृहत योजना सहित चुनावी मैदानमा उत्रिएको छ । हामीले आगामी ५ वर्ष भित्रमा बर्दघाट नगरलाई सुकुम्बासी र अब्यवस्थित बसोवास विहिन नगरको रुपमा ब्यवस्थित गर्न चाहेका छौँ । बर्दघाट नगरपालिका भित्र एक घर एक धारा अभियान सञ्चालन गरेर नेपाल गुणस्तर मापदण्ड अनुसारको स्वच्छ पिउनेपानी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका छौँ । प्रत्येक वडालाई  स्तरिय सडक सञ्जालले जोडदै बर्दघाट नगरपालिका भित्र भित्री र बाहिरी २ वटा चक्रपथ निर्माण गरी नगर यातायातलाई ब्यवस्थित गरिने छ । प्रत्येक वडामा विजुली प्रणालीलाइ सहज बनाउनको लागि विद्युत विस्तार कार्यक्रमलाई विस्तार गरी नगर भित्रका कुनै पनि घरलाई विजुली विहिन हुन दिइने छैन । प्रत्येक नागरिकहरुको स्वास्थ्य विमा गरि स्वास्थ्यमा जनताको पहँुच पु¥याउन भइरहेका हेल्थ पोष्ट, अस्पतालहरुलाई स्तरिकरण गरी आवश्यक स्थानमा थप सेवा सुविधा सहितका थप स्वास्थ्य केन्द्र, प्रसुति गृहहरु स्थापना गरिनेछ । बर्दघाट नगरपालिका भित्रको सुरक्षा स्थितीलाई मध्यनजर राख्दै प्रत्येक वडामा सुरक्षा पोष्टहरु स्थापना गरी घुम्ति सुरक्षा योजना लागु गरिनेछ । यसैगरी बर्दघाट नगरपालिकालाई अपाङ्गमैत्री नगरपालिकाको रुपमा विकास गरिनेछ । जेष्ठ नागरिक भत्ता तथा सामाजिक सुरक्षा भत्ता आगामी दिनमा ५ हजार पु¥याइनुको साथै घरघरमै पु¥याउने ब्यवस्था गरिने छ । विभिन्न धर्म सँस्कृतिका धार्मिक स्थलहरुलाई सम्बर्धन, प्रवर्धन र विकासको लागि पहल गरिनेछ ।
“युवाको लागि रोजगारीको अवसर, बर्दघाट नगरको सम्बृद्धिको आधार” भन्ने कुरालाई आत्मसाथ गरी युवाहरुको बेरोजगारी समस्यालाई समाधान गर्न गाँउघरमा भएका सहकारीलाई ब्यवसाय र स्वरोजगारमुलक कार्यक्रममा प्रोत्साहित गरी रोजगारीको सिर्जना गर्न अभिप्रेरीत गर्दै शिक्षित युवाहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रवाह गर्ने र स्वाबलम्बि बनाउने कार्य अघि बढाइने छ । बर्दघाट नगरपालिकालाई बालश्रम मुक्त नगर, उज्यालो नगर बनाइने छ । बर्दघाट नगरपालिका भित्र भ्रष्टाचार जन्य कृयाकलापलाई पुर्णतया रोक लगाइ भ्रष्टाचारमा सुन्य सहनशिलता अपनाइने छ । बर्दघाट नगरको अर्को समस्याको रुपमा रहेको फोहोर मैला ब्यवस्थापनलाई ब्यवस्थित डम्पिङ्ग साइट निर्माण गरी ब्यवस्थापन गरिनेछ ।
एमाले लाई जनताले विश्वास गरेर मत दिनुपने आधार के के हुन ?
– नेकपा एमाले जनताको विचमा उनीहरुको समस्यासँग देश विकास, राष्टिूय स्वाधिनता, समृद्ध नेपालको लागि योजना तय गरी कार्यन्वयन गर्ने पार्र्टी, सुखी नेपाली बनाउने अभियान सहितका पार्टी भएकै कारणले नेकपा एमालेलाई जनताले मत दिनेछन । यसले बहुदल पछिका २८ वर्षमा राज्य सँचालनको थोरै जिम्मेवारी पाएपनि दुरगामी प्रभाव पार्ने जनताको मनछुने विकासको लहर सिर्जना गर्ने कार्य गरेको छ । अहिलेसम्म बनेका धेरै प्रधानमन्त्रीहरु मध्य स्व. मनमोहन अधिकारी र के पि ओलीलाई बढि मात्रामा जनताले सम्झने गरेका छन । आफ्नो गाँउ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, तराइ मधेसको समग्र विकासको परियोजना, उज्यालो नेपाल बनाउने परिकल्पना, मध्य पहाडी लोकमार्ग निर्माण गर्ने परिकल्पना, स्थानिय निकायको बजेटमा सतप्रतिशत वृद्धि, सिमावर्ती नाका जोडन आधुनिक सडक, हुलाकी राजमार्गको नेपाल आफैले निर्माण गर्नको लागि बजेट विनियोजन, भारतसँगको परनिर्भरतालाई हटाउन चिनसँग पारवहन तथा मैत्री सन्धि गर्ने कार्य लगायतका विभिन्न कामहरुले नेकपा एमालेलाई लोकप्रिय बनाएको छ । यसर्थ पहिलो चरणको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गराएका छन । र दोश्रो चरणको निर्वाचनमा समेत पहिलो शक्तिकै रुपमा स्थापित गराउन जनताहरु आतुर छन ।
चुनावी अभियानमा लागिरहँदा नागरिकको अपेक्षा के देख्नुभयो ?
– अहिले घरदैलो हिँडने क्रममा जनताहरु विशेषतः वाटो, पानी, विजुली, स्वास्थ्य, शिक्षा, लालपुर्जा लगायतका विषय वस्तुहरुलाई उठाएका छन । र जनताले समाजिक रुपान्तरण अनि देश विकासको लागि युवा नेतृत्व अगाडी बढनुपर्छ भन्ने अपेक्षा लिएका छन । र साँचो अर्थमा मेरो उम्मेदवारीलाई लिएर धेरै उत्साहित भएका छन ।
त्यसोभए युवा लक्षित के कस्ता कार्यक्रम अघि सारेको छ ?
– स्थानिय एवं राष्ट्रिय खेलाडी उत्पादनमा हाम्रो ध्यान, बर्दघाट नगरलाई खेलकुँद ग्राम बनाउने एमाले अभियान भन्ने अवधारणालाई सार्थक बनाउन बर्दघाट नगरपालिका भित्र एउटा राष्ट्रिय स्तरको रँगशाला निर्माण गरिनेछ । र विभिन्न स्थानमा कभर्डहलको स्थापना गरी खेलक्षेत्रलाई अगाडी बढाइने छ यसको साथसाथै हाल विभिन्न टोलमा रहेका खेलकुँद मैदानहरुलाई सँरक्षण एवं स्तरिकरण गरिनेछ । र खेलक्षेत्रलाई विशेष प्रोत्साहन दिइने छ ।
वर्दधाट नगरबासीसँग थप प्रतिवद्धता  छन् ?
– बर्दघाट नगरपालिकामा हामीले ‘आफ्नो कर आफ्नैँ आँगनमा’ मुल भावनालाई आत्मसाथ गर्दै विकासका अवधारणा सामाजिक सुरक्षा लगायतका कार्यमा लगानी गरी जनतालाई प्रत्यक्ष लाभान्वित बनाइने छ । साप्ताहिक हाटबजारको ब्यवस्थापनमा योजना बनाइने छ । छाडा चौपायाहरुको ब्यवस्थापनमा विशेष ध्यान दिइने छ । बर्दघाट नगरपालिका भित्र  दमकलको ब्यवस्थापन गरिनेछ । बढिमा ५ मिनेट भित्रमा पुग्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिने छ । अवैध जग्गा दर्ता खारेज गरिने छ र सार्वजनिक जग्गाको सँरक्षण गरिनेछ । यस नगरपालिका भित्र कम्तीमा ४ वटा प्राविधिक शिक्षालय स्थापना गरीनेछ र सवै सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यमका कक्षाहरु सञ्चालन गरिनेछ । बर्दघाटको पायक पर्ने ठाँउमा एउटा आदिवासी जनजाती संग्रालयको स्थापना गरिनेछ ।  कृषकको मल विउ विजन लगायत कृषि कार्यमा प्रयोग हुने विद्युत र डिजललाई अनुदानको ब्यवस्था गरिनेछ । बर्दघाट नगरपालिकालाई दुब्र्यसन मुक्त नगरको रुपमा निर्माण गर्नको लागि एउटा आधुनिक पुनस्र्थापना केन्द्र स्थापना गरिनेछ ।
बर्दघाट नगरपालिका भित्र स्थापना हुने उद्योग, कल कारखानाहरुलाई विद्युत पानी र करमा विशेष छुट दिइ स्थापनाको लागि प्रोत्साहित गरिएको छ । पायक पर्ने विभिन्न स्थानहरुमा सत्सँग भवन र अद्यात्मकेन्द्रको स्थापना गरिनेछ ।
अन्त्यमा,
– म बर्दघाट नगरपालिकामै तपाइहरुकै छत्रछाँयामा हुर्कि बढेको, स्थायी बसोवास बर्दघाट नगरपालिकामै रहेको, विगत देखी वर्तमान सम्म सामाजिक कार्यमार्फत तपाइहरुकै सेवामा समर्पित रहेको र बर्दघाटको दिगो अनी समग्र विकासको लागि योजना भएको म धीरज शर्मा बश्याल एवं मेरो सम्पूर्ण टिमलाई अत्याधिक मतले विजयी गराइ हेर्न देख्न र बस्न लायक बर्दघाट बनाउने अभियानमा सरिक हुन सबैलाइ अनुरोध गर्दछु । साथसाथै मेरा कुरा सँचार मार्फत आम जनतासम्म पु¥याउन सहयोग गर्नुहुने सामुदायिक रेडियो परासीलाई समेत धन्यवाद दिन चाहान्छु ।