राष्ट्रिय समाचार

कावासोतीमा प्रमुख दुई दलबीच नै प्रतिस्पर्धा

 
नवलपरासी/जेष्ठ १, २०७४( नवलपरासी एउटै जिल्लालाई प्रदेश बिभाजनमा दुइ चिरामा बिभाजन गरियो । पहिलो चरणको निर्वाचनमा परेको दाउन्नेदेखि पुर्वका ४ वटा नगरपालिका र ४ वटा गाउपालिकाको केन्द्रमा कावासोती नगरपालिका छ ।  
 
नवलपरासीका ७ वटा नगरपालिका मध्ये धेरै जनसंख्या , सरकारी कार्यालय भएको ठाउँ र तिव्र शहरीकरणले कावासोती नगरपालिका बिषेश चर्चामा रहेको छ । यहाँको सम्भावित चुनाबी परिणाममा धेरैको बढदो चासो रहेको छ ।
 
 
 
फरकरफरक राजनीतिक एजेण्डा बोकेका दलहरुले यस पटकको निर्वाचनमा एउटा एजेण्डामा सहमती जनाएका थिए । त्यो हो पूर्वी नवलपरासीको सदरमुकाम केन्द्र कावासोतीलाई बनाउने । स्थानीय निकायको जिम्मेवारी पुरै हस्तान्तरण हुनु अघिको अबस्थाका लागि कावासोतीमा प्रशासनिक इकाइहरु राख्ने बिषयमा दलहरु सहमत देखिएका छन् । दक्षिणमा नारायणी नदीको किनार र उत्तरमा चिसो हावापानी रहेको पहाडि क्षेत्रलाई पर्यटकीय थलोका रुपमा बिकास गर्ने भन्दै सबैदलहरुले साझा एजेण्डा बनाएका छन् । ति साझा बिषय बाहेक आआफना डम्फु बजाउदै उम्मेदवारहरु निर्वाचनमा होमिएका थिए  ।
 
साबिकको कावासोती , शिवमन्दिर , पिठौली , अग्यौली र कुमारवर्ति गाबिस मिलाएर कावासोती नगरपालिका बनाइएको हो । प्रदेश बिभाजनमा दुइचिरामा बिभाजित नवलपरासीमा पहिलो चरणमा दाउन्ने पुर्वका ४ वटा नगरपालिका र ४ वटा गाउपालिकामा आइतवार निर्वाचन सम्पन्न भएको हो । सदरमुकाम परासी र त्यो आसपासका ३ नगरपालिका र ४ वटा गाउपालिकामा दोश्रो चरणको निर्वाचन ९जेठ ३१ ०हुने छ ।
 
पहिलो चरण अन्तरगत बैशाख ३१ गते हुने निर्वाचनमा यहाका ९ वटा राजनैतिकदलहरु निर्वाचनको प्रतिस्पर्धामा सहभागि भएका छन्  । सबैदलले नया अनुहारलाई उम्मेदवार बनाएको यो निर्वाचनको फरक बिषेशता हो ।
एमालेले महिला नेतृ चन्द्रकुमारी पुनलाई मेयरमा उठाएर आफु एक्लै बलियो रहेको सन्देश दिन खोजेको छ । उनि एमालेकी पुरानो नेता हुन । राजनिति थालेको तिन दशक सम्म कुनै पदिय जिम्मेवारीको लोभ नगरेकी उनले मेयरमा एकाएक रुचि देखाएपछि एमाले नेतृत्वलाई उनैलाई टिकटदिन निकै दबाबमा परेको थियो । 
 
अन्य दलले मेयरमा महिलालाई उम्मेदवार बनाउन सकेनन् । मगर समुदायको बाहुल्यता रहेको कावासोतीमा त्यसै समुदायको मत तान्न उनलाई बलियो ठानेर एमालेले उम्मेदवार बनाएको हो । दोश्रो ठुलो जनसंख्या ओगटेको थारु समुदायवाट उपमेयरको उम्मेदवारी दिएको हो । उपमेयर मर्दनिया पर्यटन ब्यबसायी र होमस्टे संचालक हुन । मेयर चन्द्रा पुन धेरै मत रहेको शिबवस्ती क्षेत्र र मर्दनियालाई तल्लो भेगवाट प्रतिनिधित्व गराइएको हो । एमालेका जिल्ला र केन्द्रसम्ममा पहुच भएका सबै जसो नेता , दुइजान सभासद कावासोती निवासी हुन । र राजनैतिक थलो कावासोती नै रहेकाले उस्ले कावासोती गुमाउदा सर्बोश्व गुम्ने भन्दै बढि चासो दिएको हो । 
मर्दनियलाई टिकट दिदा भेग पनि मिल्ने र चुनाब हाक्न सजिलो हुने बिश्वास एमाले नेतृत्वले लिएको हो । उनीहरु फरक फरक गाबिसका प्रातिनिधि हुन ।
 
यता कांग्रेसले बिद्यार्थी कालदेखि नै कांग्रेस राजनीतिमा सकृय र बढि मत भएको कावासोती बजारवाट महेन्द्र पोखरलेलाई उम्मेदवार बनाएको छ । बढि मतदाता रहेको क्षेत्रवाट पोख्रेललाई मेयर लडाउदा बहुमत मतदाता रिझाउन सजिलो हुने आंकलन कांग्रेसले लिएको थियो । बलियो मत रहेको क्षेत्रवाट उम्मेदवारी दिदा सजिलो हुने बिश्लेषण कांग्रेसको थियो । एमालेले झै उसले उपमेयरमा जनजाती र बिभिन्न संघसंस्थाको जिम्मेदारी सम्हालीसकेकि खगिशरा गुरुंगलाई उठाएको हो । 
 
एमाले केन्द्रीय सदस्य तिलक महत मुख्य कांग्रेस र एमाले बीचमा प्रतिस्पर्धा रहने र थोरै मत अन्तरले बिजयी हुने आंकलनमा छन् । जस्ले जित्दा पनि २र३ सय मत भन्दा बढि अन्तर नरहला उनी दावी गर्छन । 
कांग्रेस जिल्ला सभापति बिष्णुलामिछाने धरै मत रहेका वडाहरुमा कांग्रेसको बर्चश्व रहेको दावी गर्दै थोरैमतले भएपनि कांग्रेस बिजयी हुनेमा आशावादी रहेको दावी गर्छन ।  
 
कुलजनसंख्या ६३८५१ रहेको कावासोती नगरपालिकामा  ३६९८९४ मतदाता रहेका छन् । आइतवार सम्पन्न मतदानमा यो नगरपालिकामा ३०१८६ मत खसेको छ । 
यसअघि ५४ सालको निर्वाचनमा यहाका सबै ५ गाबिसमा एमालेको बर्चश्व थियो । बहुमत मतदाता रहेको कावासोती समेत पर्ने निर्वाचन क्षेत्र नं २ मा अघिल्लो निर्वाचनमा कांग्रेस र दोश्रो संबिधानसभाको निर्वाचनमा एमाले बिजयी भएको हो ।  । सबैदलहरुले फोहर ब्यबस्थापन , सडक कालोपत्रे , चक्रपथ निमार्ण , हरीयाली बनाउन जोड , नगरभित्र उच्च शिक्षा र सरकारी अस्पताल निमार्ण , समृद्ध नगरको साझा नारा दिएका छन् । ति बाहेक आआफना केन्द्रीय निर्वाचन घोषणापत्र अनुसार गदै जाने भन्ने आश्वासन बांडेका छन् । 
 
तटबन्धन , फोहरमैला ब्यबस्थापन र साघुरा सडक यहाका मुख्य चुनौती हुन । औद्योगिक क्षेत्र बिकासको प्रयाप्त सम्भावना बोकेको कावासोती प्रदेश नम्बर ४ को भारतिय नाका सम्म पुग्ने मुख्य सहरका रुपमा  बिकास गर्ने आश्वासन दलले बांडेका  छन । कालिगण्डकी कोरीडोरको महेन्द्रराजमार्गको नाका सम्म जोडने मुख्य बजार कावासोतीलाई बनाउने भन्दै सबै दलले सपना बांडेका थिए ।  
यसपटकको निर्वाचनमा यहा ९ वटादल निर्वाचनमा प्रतिस्पर्धामा रहेपनि  खासगरि कांग्रेस , एमाले बिच कडाप्रतिस्पर्धा हुने देखिएको छ । तेश्रो पोजिसनमा माओवादी केन्द्र आउने प्रारम्भिक आंकलन गरिएको छ ।
 
माओवादी केन्द्र, राप्रपा र अन्य सानादलहरुसंग तालमेलको प्रस्ताव लिएर गएका कांग्रेस र एमालेसंग ति दलहरुले मुख्य पदसहित धेरै वडाअध्यक्षको दावी गरेपछि तालमेल बिना नै चुनाबी प्रतिस्पर्धा गरेका थिए । मगर र थारु समुदायका मतको बाहुल्यता देखिएको यो क्षेत्रमा ति मतदाता रिझाउन सबैले कसरत गरेका थिए ।
 
पूर्वी नवलपरासीका ४ वटा नगरपालिका र ४ वटा गाउपालिकामा आइतवार निर्वाचन सम्पन्न भएपनि कावासोतीको सम्भावित परिणामलाई धेरैले चासो दिएर प्रतिक्षारत छन् ।