राष्ट्रिय समाचार

सांसद जलेसा द्धारा जहदा र चिसापानीका योजना अनुगमन

img1

 
मोहन पौडेल/
 
रेडियो परासी, १ जेठ । सांसद सिन्धु जलेसाले आज बर्दघाट नगरपालिका अन्तरगतका विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । सांसद जलेसाको सांसद विकास कोषको सहयोगमा सञ्चालित योजना तथा उहाँकै पहलमा शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएका योजनाको अनुगमन गर्नुभएको हो ।
सांसद जलेसाले बर्दघाट नगरपालिकाको जहदा स्थीत बुद्धमंगल ताल, ताल प्रवेशका लागि निर्माणाधिन प्रवेशद्धार सोहि स्थानमा रहेको बुद्धगुम्बाको निर्मााणाधिन पर्खाल लगायतको अनुगमन गर्नुभयो । सांसद विकास कोष मार्फत गत वर्ष सात लाख र हाल ५ लाख गरि बुद्धमंगल तालको संरक्षण र प्रवद्र्धनका लागि उहाँले बजेट सहयोग गर्नुभएको थियो भने जहदाको स्थानीय समस्याको समाधानका लागि पनि स्थानीय सँग उहाँले छलफल गर्नुभयो भने दविल्लाको निर्माणाधिन महिला भवनको पनि अनुगमन गर्नुभयो ।
यस्तै सांसद सिन्धु जलेसाले आजै चिसापानीमा निर्माण भईरहेको नाला, र सामुदायिक भवनको पनि अनुगमन गर्नुभयो । नाला निर्माणका लागि उहाँकै पहलबाट शहरी विकास मन्त्रालयबाट ४ लाख विनियोजन भएको छ भने स्थानीयले पनि चार लाख बढीको श्रमदान गरेका छन । यस्तै सामुदायिक भवनका लागि पनि शहरी विकास मन्त्रालयबाट चार लाख विनियोजना भएको छ । आर्थिक वर्ष सकिन लाग्दा योजना कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गरेको सांसद जलेसाले रेडियो परासीलाई जानकारी दिनुभयो ।