बिबिध

सामुदायिक रेडियोलाई समुदाय विकासको सहयात्री बनाउनुपर्छ- गौतम

img1

 
सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज जेठ ३ गतेबाट दशौँ वर्षमा प्रवेश गरेको छ ।  एक दशकको अवधिमा रेडियो परासीले यस क्षेत्रमा उल्लेखेनीय योगदान पुराएको छ । यो अवधिमा रेडियोले पुराएको योगदान, भुमिका, चुनौति र अवको योजनाको विषयमा दश वर्षको व्यवस्थापकीय अनुभव संगालेका रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम सँग गरिएको कुराकानि
सामुदायिक रेडियो परासीको पृष्ठभुमी बताइदिनुस न ?
सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज परासी क्षेत्रको पहिलो सामुदायिक रेडियोको रुपमा २०६५ जेष्ठ ३ गते स्थापना भई प्रसारणमा रहेको छ । सहकारीका मुल्य, मान्यता तथा सिद्धान्त अनुरुप सहकारीताको भावनालाई आत्मसाथ गर्दै परासी सूचना तथा संचार सहकारी संस्था लि.ले रेडियो संचालन गरिरहको छ । ५०० वाट क्षमता भएको र १२७ जना शेयर सदस्यहरुको प्रारम्भिक योगदान सामुदायिक रडियो परासीमा रहेको छ । प्रसारणको हिसावले नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु तथा अन्य क्षेत्रमा सुन्न सकिन्छ । हामीले सामुदायिक रेडियो परासीको कभरेज तथा लक्षित क्षेत्र नवलपरासी जिल्लालाई मानेर काम गरिरहेका छौं । यस क्षेत्रका विभिन्न जात जाति धर्म र संस्कृतीको जगेर्ना गर्ने, विकासको सन्दर्भमा सहयोगी र साझेदार वन्ने कार्य गरिनै रहेका छौं । 
रेडियो परासीको समुदायमा कस्तो भुमिका छ ?
समुदायको विकासलाई आफ्नो मेरुदण्ड वनाएर काम गर्ने उद्देश्य लिएको रेडियोकोलागि यो प्रश्न अन्त्यन्तै सान्दर्भिक छ । समुदायको दुःख र सुखको साथी, विकास र निकायको माध्यम, समुदायको अभिरुचिको प्रतिधित्व गर्ने भएकोले सामुदायिक रेडियो परासीले समुदायको हित, रक्षा र प्रतिष्ठा स्थापित गर्न निकै महत्वपूर्ण भूमिका खेलेको छ । मेला पर्व, महोत्सव होस वा विभिन्न समुदायका धार्मिक कार्यमा पनि रेडियो ले प्रतिनिधित्व गरेको छ । रेडियोले आफ्नो स्थापनाकाल देखिनै समुदायमूखी, समुदाय मैत्री भई विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ । 
रेडियो परासीका कारण आएका परिवर्तन अथवा उपलब्धी के छन ?
सवैले रेडियो सुन्ने वानी वसेको छ । जसका कारण स्थानीय तथा राष्ट्रिय घटना तथा सूचनाको प्रभावकारी माध्यम रेडियो परासी भएको छ । सही सुचना र जानकारीकालागि सामुदायिक रेडियो परासीले निरन्तर कार्य गरिहेको छ जसका कारण नागरिकहरु आफ्नो हक, अधिकार र कर्तव्यमा सचेत हुने मौका पाएका छन् । साथै रेडियो परासीले आफ्ना विविध रचनात्मक कार्यक्रमहरुबाट पनि समुदायको सचेतिकरणमा योगदान पुर्याएकोले स्वास्थ्य, शिक्षा, वातावरणीय सरसफाई, पूर्ण सरसफाई, व्यक्तिको आनिवानीमा परिवर्तन ल्याउने कार्यक्रमबाट सकारत्मक उपलब्ध भएको मैले ठानेको छु । वास्तममै समुदाय स्तरमा वा श्रोताको माझमै गई सामुदायिक रेडियो परासीले ल्याएको परिवर्तन के हो भनि साध्यो भने नागरिकको जनजीवन संग जोडिएका सवै प्रकारका कार्यक्रममा रेडियो परासीले ध्यान पुर्याएको जवाफ आउँछ । 
रेडियो परासी नै किन सुन्ने ?
आफ्नो पनकालागि, समावेशी आवाजका लागि, सहि सूचना तथा जानकारी प्राप्त गर्नकालागि, हाम्रो जनजीवनमा आइ पर्ने वास्तविक घटनाहरुबाट सचेत रहनकालागि, समाचारमा स्थानीयतालाई प्राथमिकता दिएका कारण, दैनिक रुपमा घट्ने घटनाबारे सचेत र जानकार वन्नकालागि र सहकारीताका भावना प्रतिविम्वीत हुने हुँदा गरिएका गतिविधिका लागि सामुदायिक रेडियो परासी सुन्नै पर्छ  । 
मोफसलमा सामुदायिक रेडियो सन्चालनका चुनौति के के छन ?
मुख्य चुनौती श्रोत हो भने दक्ष जनशक्तिको अभाव, अत्यधिक रेडियो खुल्नु, प्रतिस्पर्धामा जान नसक्नु, राज्यवाट दिइने सेवा सुविधिमा न्यायपूर्ण वितरण नहुनु सामुदायिक रेडियोका चुनौति हुन । सामुदायिक रेडियोले लक्षित गरेको काम र विषयवस्तु समूदायमुखि भएता पनि समुदायले अझै पनि अपनत्व लिन नसक्नु नै संचालनका चुनौति हुन ।  
राज्यले सामुदायिक रेडियो प्रति कस्तो निति तथा सुविधा दिनुपर्दछ ?
राज्यले सामुदायिक रेडियोलाई कर छुटको नीति, रोयल्टी वापतलको रकम पूर्ण मिनाहा गर्ने, राज्यले दिने लोककल्याणकारी विज्ञापन समानुपातिक वितरण गर्ने गरि सामुदायिक रेडियो लाई सहज प्रसारणमा सहयोग गर्नु पर्छ । साथै स्थानीय तह र सरकारले पनि सामुदायिक रेडियोको प्रसारण सामथ्र्यका आधारमा सेवा सुविधिमा बृद्धि गर्दै लैजानु पर्दछ । सुविधाको हकमा ५०० वाट क्षमता भएका रेडियोहरुकालागि कम्तिमा एउटा सवारी साधान भन्सार छुट गरेर ल्याउने व्यवस्था गर्नु पर्दछ । 
अव संघियतामा गईरहदाँ सामुदायिक रेडियोका लागि के कस्ता सेवा सुविधा स्थानीय तहबाटै प्रदान गर्दा सजिलो हुन्थ्यो ?
स्थानीय तहको कार्यसम्पादन र सूचना प्रवाहमा सामुदायिक रेडियोहरुले निकै रचनात्मक मूमिका खेल्न सक्छन् । गाउँपालिका र नगरपालिकाले प्रवाह गर्ने सेवाबारे नागरिकको घरसम्म सूचना पुर्याउने महत्वपूर्ण संचार माध्यम सामुदायिक रेडियो हो भन्ने आत्मसाथ स्थानीय तहले गर्नु पर्दछ भन्ने मेरा मान्यताहो । देश संघीतामा गइरहँदा स्थानीय तहलाई सुविधा सम्पन्न वनाएर नागरिकको सेवा प्रवाहलाई चुस्त वनाउने लक्ष राज्यले लिएको छ यो अन्त्यन्तै सकारात्मक कदम हो । तर पनि नागरिकमा अझै सचेतना पुर्याउन वाँकी छ, विकास निर्माणका सवालमा सहभागी वनाउन वाँकी छ, त्यसैले स्थानीय तहले सामुदायिक रेडियोलाई समुदाय विकासको सहयात्री वनाएर निरन्तर सहयोग र सहकार्य गर्नु पर्दछ भन्ने लाग्छ । 
दशक विताईसकेको रेडियो परासीको अव कस्तो भुमिका हुन्छ ?
रेडियोको उमेर जति वढ्दै छ त्यति नै जिम्मेवारी पनि थपिदै छन् भन्ने लागेको छ । आफ्नो प्रसारण क्षेत्रका श्रोताहरुको रुचि, चाहना र संस्कार अनुसार आफूलाई समुदाय केन्द्रीत वनाउँदै लैजाने कुरा पक्कै पनि चुनौतीपूर्ण हुन्छ । हामीले रेडियोको स्थापनाकालदेखिनै शिक्षा सूचना र मनोन्जनका लागि रेडियो परासी भन्ने ध्येय वनाएर श्रोता मैत्री कार्यक्रम उत्पादन गर्ने र समुदायको आनीवानीमा परिवर्तन ल्याउने खालका गतिविधि गरिरहेका छौं ।  
सामुदायिक रेडियो परासीले आफ्नो प्रसारणको दशक विताइरहँदा नागरिकलाई एक अर्कामा जोड्ने समावेशी आवाजको मर्मलाई आत्मसाथ गर्ने काम गर्यौ भने अव पनि निरन्तर राष्ट्यि एकताको पक्षमा नागरिकहरुलाई उभ्याउने खालका रचनात्मक कार्यक्रम संचालन गर्ने, विकृती, विसंगति र अधिकारको दुरुपयोगका विरुद्ध आफ्नो कदम निरन्तर र निर्भिक तरिकाले संचालन गर्ने छ ।