राष्ट्रिय समाचार

चुनावी अग्रताः एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो (सूचीसहित)

 
 
१ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।
 
कुल २८३ वटा स्थानीय तहको चुनावमा तीन वटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको च्यामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ ।
 
 
डोल्पाको से फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ । त्यस्तै, नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ ।
 
अहिलेसम्म अनलाइनखबरलाई प्राप्त तथ्यांक विवरण अनुसार प्रमुख दलहरुले अग्रता लिइरहेका स्थानीय तह यस्ता छन्ः
 
नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु
१. कीर्तिपुर नगरपालिका (काठमाडौं)
२. नागार्जुन नगरपालिका (काठमाडौं)
३ गोकर्णेश्वर नगरपालिका (काठमाडौं)
४. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)
५. धुनीबेंसी नगरपालिका (धादिङ)
६. गजुरी गाउँपालिका (धादिङ)
७. रुबीभ्याली गाउँपालिका (धादिङ)
८. बन्दीपुर गाउँ पालिका (तनहुँ)
९. मादी गाउँपालिका (कास्की)
१० बेनी नगरपालिका (म्याग्दी)
११. थाहा नगरपालिका (मकवानपुर)
१२. मनहरी गाउँपालिका (मकवानपुर)
१३. गैंडाकोड नगरपालिका (नवलपरासी)
१४ देवचुली नगरपालिका (नवलपरासी)
१५ गोकुल गंगा गाउँपालिका (रामेछाप)
१६. महालक्ष्मी नगरपालिका (ललितपुर)
१७. डुंगेश्वर नगरपालिका (दैलेख)
१८. गुर्भाकोट नगरपालिका (सुर्खेत)
१९. लेकबेंसी नगरपालिका (सुर्खेत)
२० फेदीखोला गाउँपालिका (स्याङजा)
२१. बनेपा नगरपालिका (काभ्रे)
२२. ककनी गाउँपालिका (नुवाकोट)
२३. तारकेश्वर गाउँपालिका (नुवाकोट)
२४. विदुर नगरपालिका (नुवाकोट)
२५. कागेश्वरी गाउँपालिका (नुवाकोट)
२६. गैडाकोट नगरपालिका (नवलपसरासी)
२७. हुप्सेकोट गाउँपालिका (नवलपरासी)
२८. मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक)
२९. बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)
३० . म्याग्दे गाउँपालिका (तनहुँ)
 
३१. रामेछाप नगरपालिका (रामेछाप)
 
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह
 
१. ललितपुर महानगरपालिका
२. चन्द्रागिरी नगरपालिका (काठमाडौं)
३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)
४ .टोखा नगरपालिका (काठमाडौं)
५. गोदावरी नगरपालिका (ललितपुर)
६ गोरखा नगरपालिका (गोरखा)
७. दार्मा गाउँपालिका सल्यान, (माओवादी-कांग्रेस) तालमेल
८. नारायण नगरपालिका (दैलेख)
९.शिवपुरी गाउँपालिका (नुवाकोट)
१० तादी गाउँपालिका (नुवाकोट)
११ कुसे गाउँपालिका (जाजरकोट)
१२. जिरी नगरपालिका (दोलखा)
१३ शारदा नगरपालिका (सल्यान)
१४. मुसिकोट नगरपालिका (रुकुम)
१५. कावासोती नगरपालिका (नवलपरासी)
१६. मध्यविन्दु नगरपालिका (नवलपरासी)
१७. विनय त्रिवेणी गाउँपालिका (नवलपसरासी)
१८ . बुलिङटार गाउँपालिका (नवलपसरासी)
१९. दोर्दी गाउँपालिका (लमजुङ)
 
माओवादीले अग्रता लिएका स्थानीय तह
 
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६. वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१० बाफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
 
१२. कपुरकोट गाउँपालिका (सल्यान)
१३. ढोरचौर गाउँपालिका (सल्यान)
 
अन्य दल/ स्वतन्त्रले अग्रता लिएका स्थानीय तह
 
१ महांकाल गाउँपालिका, ललितपुर- स्वतन्त्र