राष्ट्रिय समाचार

प्रधानमन्त्री दाहालद्वारा निर्वाचन तयारका विषयमा जानकारी लिँदै

 
काठमाण्डौ, १७ चैत्र । एकसाता लामो चीन भ्रमण सकेर बुधबार स्वदेश फिर्ता भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज स्थानीय तहको निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगका आयुक्तहरूसँग परामर्श गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालले अपरान्ह चार बजे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएका छन् । छलफलमा निर्वाचनको अहिलेसम्मको तयारीका विषयमा परामर्श हुनेछ ।
स्थानीय तहको निर्वाचन तोकिएको समयभित्र हुने दाबी गर्दै आएका प्रधानमन्त्री दाहालले आन्दोलनरत समूह मधेसी मोर्चालाई पनि चुनावमा भाग लिने गरेर गृहकार्य गरिरहेको जनाएका छन् ।
मधेसी मोर्चाले संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित नहुँदासम्म निर्वाचनमा भाग नलिने बरु चुनाव विथोल्ने चेतावनी दिँदै आएको छ ।