राष्ट्रिय समाचार

वन रक्षकका लागि पुरुष भन्दा महिलाको आवेदन धेरै

 
काठमाण्डौ, १७ चैत्र । वन रक्षक पदमा भर्ना आवेदन दिनेमा पाल्पामा पुरुष भन्दा महिना धेरै भएका छन् । 
हुलाक मार्फत आवेदन बुझाएका जम्मा नौ सय ८० जनामध्ये ७५ प्रतिशतभन्दा धेरै महिला रहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी हरिहर गैरेले जानकारी दिनुभयो ।
न्युनतम कक्षा ८ उत्तिर्णले आवेदन दिन पाउने भएपनि स्नाकोत्तर उत्तिर्ण महिलाले समेत आवेदन दिएको गैरेको भनाई छ । युवाहरु परदेश गएपछि जिल्लामा महिलाको संख्या धेरै भएकाले पनि उनीहरुको आवेदन धेरै भएको हुन सक्ने हुलाक अधिकृत खेतबहादुर खत्रीले बताउनुभयो ।