अन्तराष्ट्रिय समाचार

अमेरिकामा फेरि गोली चल्यो, एकजनाको मृत्यु, थुप्रै घाइते

 
वासिङ्टन, १४ चैत । अमेरिकाको ओहायो राज्यमा आइतबार बिहानै एक रात्रिक्लवमा गोली चल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ । गोली लागेर १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएका छन् ।
 
सिनसिनटीस्थित उक्त रात्रिकालिनक्लवमा आइतबार बिहान करिव एक बजे गोली चलेको सिनसिनटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एबीसी न्यूजलाई बताए । फ्रान्जले घटनालाई ठूलो र जटिल आक्रमण भएको भनी टिप्पणी गरे ।
 
यतिबेला घटनालाई देखेका धेरै जनासँग प्रहरीले कुराकानी तथा अनुसन्धान गरिरहेको छ । कसैलाई प्रहरी हिरासतमा नलिएको प्रहरी सर्जेन्ट फ्रान्जले बताए ।
 
सिनसिनटीका प्रहरी उपप्रमुखले यस घटनामा आतङ्कवादी समूहको सम्लग्नता रहेको कुनै सङ्केत नेभेटिएको बताए । घटना कुन उद्देश्यले घटाइएको भन्ने विषय अझै छानविनको विषय रहेको छ । – एजेन्सी