खेलकुद समाचार

नेपाली फुटबलर सावित्रा र अनिता मालद्विप्सको क्लबबाट खेल्ने

 
 
काठमाडौं, चैत ७ – नेपाली महिला राष्ट्रिय फुटबल टीमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले मालद्विप्सको क्लबबाट खेल्ने भएका छन् ।  
अर्को सोमबारदेखि सुरु हुने फुटसल च्याम्पियसिपमा उनीहरुलाई मालद्विप्स एयरपोर्ट कम्पनी लिमिटेडले अनुबन्ध गर्ने भएको हो । साफ च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरुलाई क्लबले अनुबन्ध गर्न चाहेको र त्यसका लागि सबैजसो प्रक्रिया पूरा भइसकेको अखिल नेपाल फुटबल संघ एन्फाका गोकुल थापाले जानकारी दिनुभयो । 
दुवै जनालाई क्लबले जनही १५ सय अमेरिकी डलर पारिश्रमिक दिनुका साथै खाने बस्ने र आवतजावतको खर्च ब्यहोर्नेछ ।