बिबिध

धार्मीक सहिष्णँुताको प्रतिक मदारवावा ।।

 
मोहन पौडेल/रेडियो परासी । हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्र नवलपरासीको मदारवावामा अहिले मेला लागिरहेको छ । फागुन ५ गतेबाट सुरु भएको मेला शिवरात्री सम्म सन्चालन हुनेछ । नवलपरासीको सदरमुकाम परासीबाट २७ किलोमिटर पुर्व तथा पुर्व पश्चिम राजमार्गको बर्दघाट देखि २१ किलोमिटर पुर्वमा रहेको मदार थानमा हिन्दुहरुको चाड शिवरात्री सुरु हुन भन्दा एक हप्ता अघि देखि ठुलो मेला लाग्ने गर्दछ । हिन्दूहरुको चाडमा  इस्लाम वा इस्लामहरुको चाडमा हिन्दूहरुको सहभागीता खासै हुंदैन । तर मदारथान यस्तो मेला हो जहां हिन्दू र मुस्लीम दुवै समुदायको समान सहभागिता रहन्छ । तीर्थालुदेखि आयोजक र ब्यवस्थापक आधा हिन्दू,आधा मुस्लीम रहने गर्दछन । मेला शुरु हुनु भन्दा दुइ महिना अघि देखि स्थानीयवासीहरु यसको तयारीमा लाग्छन् । मेला व्यवस्थान समितिका अध्यक्ष जमालुदिन अन्सारीका अनुसार मदारवावामा मेलामा आउने ७५ प्रतिशत श्रद्धालुहरु भारतीय हुने गर्दछन् । मेलालाई सभ्य र भब्य बनाउन कडा१८९ जनपद प्रहरी ४० जना शशस्त्र प्रहरी १५ जना ट्राफिक प्रहरी र १०० जना स्थानिय स्वयसेवक खटाईएको  आयोजक ले बताएको छ।त्यस्तै दुर्घटनाबाट हुने मानव क्षति लाई रोक्न नेपाली गण्डक नहरको पानी घटाईएको छ।
मदरवावाले लामो समय तपस्या गरेको मदरीडांडामा भक्तजनको विशेष भिड लाग्ने गर्छ । ८  दिनसम्म चल्ने मेलामा जाग्राम वस्ने,तीर्थालुहरुको सुरक्षाा गर्ने तथा मेलाको ब्यवस्थापनका सवै काममा हिन्दू र मुस्लीम दुवै समुदायको समान सहभागिता रहने गर्दछ ।  अन्सारीका अनुसार यस वर्षको मेलामा करिव १० लाख भक्तजनले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । स्थानीयवासीका अनुसार मुस्लीम समुदाय संग सम्वन्धीत रहेपनि मदरवावा मेला सवै नेपालीहरुको प्रतिष्ठा हो । मदारवावा मुस्लीम समुदायका ब्यक्ति भएपनि उनलाई भारत र नेपालका लाखौं हिन्दूहरुले वर्षाैंदेखि पूजा गर्दै आएका छन् । महिलाहरुको बच्चा नहुने समस्या लाई त्यहाजाने महिलाहरुले भाकल गरेर आएपछि बाल बच्चा पाएको बताउने गरिन्छ ।
मदारवावा मेलाले धार्मीक र साम्प्रदायिक सहिष्णुता कायम गर्न सहयोग पुर्याएको स्थानीयको दावि छ । मदारवावाले तपस्या गरेको यो स्थान धार्मीक तथा साम्प्रदायिक सद्भावका निम्ती अत्यन्तै उदाहरण्ँीय क्षेत्र हो । १२ सय वर्ष अघि हिजरी सम्वत् २ सय ४२ मा सिरियामा जन्मीएका मदारवावाको देहान्त हिजरी सम्वत् ८ सय ३८ मा भारतको कानपुरमा भएको थियो । उनी मुस्लीम समुदायका धर्मगुरु हुन् । मदारवावाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवल स्थीत फुलवारि पार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास छ ।
वर्षेनि लाग्ने मेलामा श्रद्धालुहरुले भाकल गर्छन् र भाकल चढाउंछन् ।  यस स्थानमा आफुँले मागेको पुरा हुने जनविश्वास रहिआएको छ । मदारथान पुग्न महलवारीबाट करिव ३ देखि ४ घन्टाको पहाड चढेर जानुपर्दछ । वर्षाैँ देखि मेला लाग्ने गरे पनि उक्त स्थानमा खानेपानी, विजुली तथा बाटोको समस्या छ । मदारवावालाई संसाभरका मुस्लीमहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न स्थानीय मुस्लीम समुदायले राज्यसंँग पटक पटक माग गरेपनि उनीहरुका कुरा सुनिएको छैन ।