खेलकुद समाचार

फूटवलमा दुम्किबासको जित

 
प्रमोद अर्याल/रेडियो परासी, फागुन १२ । किर्तिपूर फूटवल क्लवलाई पराजित गर्दै दुम्किबास फूटवल क्लव दोश्रो चरण प्रवेश गरेको छ ।
नव युवा क्लव सूर्यनगर नवलपरासीको आयोजनामा जारी दोश्रो सूर्यनगर गोल्डकप फूटवल प्रतियोगिताको बुधबारको खेलमा दुम्किबासले जित हात पारेको हो । पहिलो हाफमा दुबै पक्ष गोलरहित बराबरी खेले पनि दोश्रो हाफ भने दुम्किबासको लागि सुखद रह्यो ।
खेलको ५७ औँ मिनेटमा किर्तिपुरका सौगन्ध गुरुङ्गले आत्मघाति गोल गर्दै दुम्किबासलाई दोश्रो चरणको बाटो खोलेका थिए । रोमान्चक खेलमा दुबै पक्षविच कडा प्रतिष्प्रर्धा भएपनि आफ्नै बलबुतामा भने कुनै पनि टिमले गोल गर्न सकेनन् ।
प्रतियोगिता अन्तर्गत विहिबारको खेल अभिषेक चर्च रजहर र फर्साटिकर विच हुने प्रतियोगिता सँयोजक देउमन झेँडीले जानकारी दिए ।