अन्तराष्ट्रिय समाचार

पत्ता लाग्यो पृथ्वीको आकारका नयाँ सात वटा ग्रह, तीन वटामा जीवनको सम्भावना

 
काठमाण्डौँ, फागुन १२ । अमेरिकी वैज्ञानिकले पृथ्वीकै आकारका सातवटा ग्रह पत्ता लगाएका छन् । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एउटा ताराको नजिकै पृथ्वी आकारको सातवटा ग्रह भएको पत्ता लगाएको बिबिसीले जनाएको छ । 
यी सबै ग्रहको सतहमा पानी पाइने सम्भावना रहेको र  यसमध्ये तीनवटामा जीवनकै सम्भावना रहेको बैज्ञानिकले दाबी गरेका छन् । नेचर पत्रिकाका अनुसार नासाको स्पलिट्जर स्पेस दुरबीनको सहयोगमा यी ग्रहको खोजी गरिएको हो । 
यी ग्रहहरु ट्रयाप्पिस वन नामक ताराकै आसपासमा रहेको र सवै एकअर्काको नजिकै रहेको खबरमा उल्लेख छ । ट्रयाप्पिस वन नामको तारा एकदमै चिसो रहेकाले यी ग्रहमा पनि चिसो हावापानी रहेको अनुमान गरिएको छ ।