खेलकुद समाचार

फुटबल मैदानमा वृक्षारोपण गरेपछि...

 
काठमाण्डौँ, ३ फागुन ।स्कटल्याण्डको एक फुटबल मैदानमा वृक्षारोपण गरिएको छ । स्कटल्याण्डको एबर्डीनशायरको लोगी डर्नोमा रहेको फुटबल मैदानमा वृक्षारोपण गरिएको हो । फुटबल मैदानमा वृक्षारोपण भएपछि सामाजिक सञ्जालमा त्यसको विरोध भयो । 
त्यसपछि वृक्षारोपण गर्ने संस्था एबर्डीनशायर काउन्सिलले माफि मागेको छ । मैदानको गोलपोस्ट नजिक बिरुवा रोपिएको हो । दैनिक रुपमा प्रयोग हुने मैदानमा वृक्षारोपण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । 
मैदानको नजिकै विद्यालयले आफ्नो खेलकुद गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने मैदानमा वृक्षारोपण भएको हो । स्थानीय प्रशासनले माफि माग्दै अर्को निर्णय नभएसम्म रोपिएका बिरुवा त्यहीँ रहेने जनाएको छ ।