अन्तराष्ट्रिय समाचार

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थी अमरिकामै रहन्छन्

 
काठमाडौं, १६ माघ । अमेरिकामा रहेका शरणार्थीलाई निर्वासित गर्नका लागि राष्ट्रपति ट्रम्पले गरेको घोषणालाई एक अदालतले रोकिदिएको छ । तर, यो अदालती रोकावट अस्थायी मात्रै हो ।
 
द अमेरिकन सिविल लिबर्टीज यूनियन (एसीएलयू) ले ट्रम्पले गरेको आदेशविरुद्ध शनिबार रिट निवेदन दायर गरेको थियो । एसीएलयूले ट्रम्पको आदेशपछि पक्राउ परेका मानिसलाई अदालतको आदेशका कारण अब निर्वासित गरिने छैन् भनेको छ ।
 
मानवाधिकार समूहले हवाई अड्डामा वा यात्राका क्रममा १०० देखि २०० मानिस हिरासतमा लिइएको अनुमान गरेको छ । ट्रम्पको एक्जीक्यूटिव आदेशपछि अमेरिकाको कैयौं हवाई अड्डामा प्रदर्शन भएको छ । फैसलापछि उत्साही भीडले अदालतको बाहिर स्वागत गरेका छन् ।
 
उनीहरुले भनेका छन् कि– ‘सरकार जे गरिरहेको छ त्यसलाई देखेर हामी जे चाहन्थ्यौं हामीलाई त्यहि दियौं । हामी ट्रम्पको आदेशमा वा सरकाररको यस्तो मानिसलाई हिरासतमा लिन रोकियोस् भन्न चाहन्थ्यौं । देशभरमा जति पनि आएका छन् यस आदेशमा फसेका छन् ।’
 
ट्रम्पले शनिवार एक्जीक्यूटिव आदेश पारित गरेका थिए । अदालले हिरासतमा लिएका मानिसहरुको सूची पनि मागेको छ । अदालतले अब फेवु्रअरीको अन्त्यमा यो मुद्दाका बारेमा अन्तिम सुनुवाई गर्ने जनाइएको छ ।