खेलकुद समाचार

राष्ट्रपति कप रनिङ्ग शिल्डको क्षेत्रिय प्रतियोगिता सम्पन्न, फाइनल माघ ८ देखि ।

img1

 
प्रमोद अर्याल/रेडियो परासी, माघ ६ । नवलपरासीमा सँचालित नवौँ राष्ट्रपति कप रनिङ्ग शिल्ड क्षेत्रिय प्रतियोगिताको बुधबार समापन भएको छ ।
जिल्ला शिक्षा समितिको आयोजना, जिल्ला खेलकुँद विकास समितिको समन्वय र क्षेत्रगत रुपमा ६ वटा विद्यालयको सह आयोजनामा ३ गतेबाट सुरु भएको क्षेत्रिय प्रतियोगिताको समापन भएको जिल्ला खेलकुँद विकास समितिका सचिव बलराम कट्टेलले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रगत रुपमा जिल्लाका ६ क्षेत्रबाट एथलेटिक्सका विभिन्न इभेन्ट, भलिवल, कपर्दि लगायतका खेलहरुमा क्षेत्रमा प्रथम र द्धितिय स्थान हासिल गरेका विद्यार्थीलाई फाइनल प्रतियोगितामा सहभागी गराइ रमवापुर मा वि सुनवलमा फाइनल प्रतिष्प्रर्धा हुने जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिनुभयो ।
आगामी माघ ८ गतेदेखी ११ गतेसम्म सँचालन हुने फाइनल प्रतिष्प्रर्धामा विभिन्न १४ खेलबाट छात्र र छात्रा गरी  ९ सय ३६ खेलाडी फाइनल प्रतिष्प्रर्धामा  सहभागि हुने आलेले जानकारी दिनुभयो । 
फाइनल प्रतिष्प्रर्धामा सहभागिता जनाउन प्रत्येक क्षेत्रबाट प्रथम ३९ छात्र र ३९ छात्रा यसैगरी द्धितिय स्थान हसिल गर्ने ३९ छात्र र ३९ छात्रा खेलाडीले सहभागिता जनाउने छन ।