खेलकुद समाचार

हरपुरमा क्रिकेट प्रतियोगिता हुने ।

 
     मोहम्मद ईजहार शेष/रेडियो परासी, पुस २७ ।  नवलपरासीको सिमावर्ति गाविस हरपुरमा खुल्ला नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हरपुर युवा समिति सञ्जालको आज बसेको बैठकले माघ २ गतेवाट खुल्ला नक आउट क्रिकेट प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक रञ्जीत शर्माले जानकारी दिनुभयो  । 
प्रतियोगितामा भारत र नेपालका गरि २० वटा टिमहरुको सहभागिता रह्ने  छ भने प्रतियोगितामा बिजेतालाई साईकल र प्रत्येक खेलाडिहरुलाई स्पोर्टस ड्रेस र द्धित्तियलाई स्पोर्ट ड्रेस सहित शिल्ड , मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।