खेलकुद समाचार

प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप शुरु

 
काठमाडौं, २३ पुुस । प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ६० केजी तौल समुहको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप०को कभर्डहलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा काठमाडौंका भीमबहादुर थापा मगरले काभ्रेका प्रवीन दनुवारलाई नकआउटका आधारमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे ।
 
प्रतियोगिताको ६० केजी तौल समूहकै अन्य प्रतिस्पर्धामा सफलता हात पार्दै कास्कीका गणेश अधिकारी, काभ्रेका राज राई, काठमाडौंका रोहित श्रेष्ठ, पोखराका अनीष थोकर, सार्लाहीका विश्व लामा, सर्लाहीकै रामकुमार सुनुवार र ललितपुरका एक्का तामाङ क्वाटरफाइनलमा प्रवेश गरे ।
 
प्री–क्वाटरफाइनलमा अधिकारीले सर्लाहीका सुवीक श्रेष्ठलाई, काभे्रका राइले वाजुराका मुकेन्द्र जंग शाहीलाई, काठमाडौंका श्रेष्ठले काठमाडौंका अनिल परियारलाई र सर्लाहीका लामाले काभ्रेका राजमान लोचनलाई हराउँदै अन्तिम आठमा स्थान बनाए ।
 
त्यस्तै सर्लाहीका राम कुमारले ललितपुरका युवराज जिम्वा र ललितपुरका एक्काले काभे्रका प्रकास श्रेष्ठलाई हराएका थिए ।