खेलकुद समाचार

साफ फुटबल स् नेपालसँग खेल्नु भारतका लागि ब्याडलक १

 
काठमाडौं, पुस १७ – चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार नेपाल र भारतबिच खेल हुँदैछ । समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनलमा पुगेको नेपालल निकै बलियो मानिएको भारतसँग खेल्दा नेपाललाई नै फाइदा रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् । 
प्रशिक्षक थापाले सेमिफाइनलमै भारत नेपालसँग खेल्नु उसको ‘ब्याडलक’ भएको बताएका छन् । नेपाली टोली पहिलेभन्दा बलियो भएको भन्दै थापाले समूह चरणका खेलमा सनसनी मच्चाएको नेपालसँग खेल्न भारतको लागि दुःखद नजिता पनि हुन सक्ने बताए । 
‘नेपालसँग खेल्नु भनेको भारतको ब्याडलक हो, हामी जस्तोसुकै चुनौती पार गर्न पनि सक्षम छौं त्यसैले पनि हामीलाई प्लस पोइन्ट छ’ उज्यालो अनलाइनसँग कुरा गर्दै प्रशिक्षक थापाले भन्नुभयो, ‘पहिलेका तीनवटै संस्करण बिर्साउन मैदान उत्रदैँ छौं, हामीलाई कसैको पनि दवाव महसुस भएको छैन ।’ 
प्रशिक्षक मात्र मानसिक रुपमा तयार भएर नहुने भन्दै प्रशिक्षक थापाले खेलाडी पनि मानसिक रुपमा पहिलेभन्दा धेरै बलियो भएकाले भारतसँगको खेलमा जितको लागि आतुर रहेको बताए ।