बिबिध

यसवर्षको मनसुन पूर्वबाट आज बाहिरिने

 
काठमाण्डु, ३० असोज । आज आइतबारदेखि पूर्वबाट पनि मनसुन सकिने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रबाट मनसुन आइतबार बाहिरिने र बेलुका मनसुन सकिएको घोषणा गर्ने तयारी गरेको मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।
गएको वर्षभन्दा यो वर्ष मनसुन २० दिन लम्बिएको हो । दुई वर्षअघि सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । यसपाली मनसुनमा औषत पानी परेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो ।
अरु ठाउँको तुलनामा पूर्वी तराईको विराटनगरमा कम पानी परेको छ । त्यहाँ औषतमा १५ सय मिलिमिटर पानी पर्नुपर्नेमा ८० प्रतिशत मात्र पानी परेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, पश्चिमका पोखरा र भैरहवामा औषतभन्दा १० प्रतिशत कम पानी परेको छ । आइतबार देशका धेरै ठाउँको मौसम भने सामान्य रहने छ ।