खेलकुद समाचार

नेपालले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने ।।

 
परासी, असार २२ । नेपालले बंगलादेशसँग दुईओटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असार ३१ र साउन २ गते बंगलादेशसँग दुईओटा फिफा ‘ए’स्तरीय मैत्रीपूर्ण फुटबल खेल्न लागेकोे हो ।
नेपालले यो वर्ष तेस्रोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि, नेपालले मलेसियाको यु–२२ टिम र लाओसको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अर्को वर्षसम्म नेपालले खेल्ने कुनै अन्तराष्ट्रिय प्रतियोगिता नभएपछि एन्फाले मैत्रीपूर्ण फुटबलमा जोड दिएको हो ।