खेलकुद समाचार

युरोकप फुटबल प्रतियोगितामा सेमिफाईनलका खेल भोलिबाट ।।

 
परासी, असार २१ । फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समीकरण अनुसार नेपाली समय अनुसार भोलि बिहानबाट सेमिफाइनलको खेल सुरु हुनेछ । पहिलो खेलमा पौने १ बजे पोर्चुगल र वेल्स भिड्नेछन् । यसैगरी, पर्सी बिहान पौने १ बजे आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।