खेलकुद समाचार

युरोकप फुटबलमा आज राती ४ खेल हुन ।।

 
रेडियो परासी, असार ७ । इंग्लण्ड र वेल्स युरोकप फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह बी को अन्तिम लिग खेलमा रुसलाई ३–० ले हराउँदै वेल्सले प्रि क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । यो जितले वेल्सलाई तीन खेलबाट ७ अंकको साथ समुह बी को विजेता बनायो भने १ अंक मात्रै जोडेको रुस समुह चरणबाटै बाहिरियो । यही समुहको अर्को खेलमा इंग्लण्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीपछि तीन खेलबाट ५ अंक जोडेको इंग्लण्ड समुह उपविजेता बन्यो भने ४ अंक जोडेको स्लोभाकिया तेस्रो थियो । युरोकप फुटबलमा आज राती ४ खेल हुनेछन् । समुह सि का अन्तिम लिग खेलहरुमा नर्दन आयरल्याण्ड र जर्मनी तथा युक्रेन र पोल्याण्ड भिड्नेछन् । यी दुबै खेल नेपाली समय अनुसार वेलुकी पौने १० वजे सुरु हुनेछन् । यसैगरी राती पौने १ वजे हुने समुह डि का खेलहरुमा क्रोएशिया र स्पेन तथा चेक रिपब्लीक र टर्की भिड्नेछन् ।