News & Events

सांसद जलेसा द्धारा जहदा र चिसापानीका योजना अनुगमन

Added: Monday 15th of May

मोहन पौडेल रेडियो परासी, १ जेठ । सांसद सिन्धु जलेसाले आज बर्दघाट नगरपालिका अन्तरगतका विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । सांसद जलेसाको सांसद विकास कोषको सहयोगमा सञ्चालित योजना तथा उहाँकै पहलमा शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएका योजनाको अनुगमन गर्नुभएको हो ।

read more

सामुदायिक रेडियोलाई समुदाय विकासको सहयात्री बनाउनुपर्छ- गौतम

Added: Monday 15th of May

सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज जेठ ३ गतेबाट दशौँ वर्षमा प्रवेश गरेको छ । एक दशकको अवधिमा रेडियो परासीले यस क्षेत्रमा उल्लेखेनीय योगदान पुराएको छ । यो अवधिमा रेडियोले पुराएको योगदान, भुमिका, चुनौति र अवको योजनाको विषयमा दश वर्षको व्यवस्थापकीय अनुभव संगालेका रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम सँग गरिएको कुराकानि

read more

भरतपुर महानगरपालिकाको मतगणना अझै अनिश्चित

Added: Monday 15th of May

चितवन जेष्ठ १, २०७४- सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन् । विहान दस बजेदेखि बसेको सर्वदलिय बैठक साढे दुई घन्टा भन्दा धेरै चलेको थियो ।

read more

मनाङको चामे गाउँपालिकामा एमाले बिजयी

Added: Monday 15th of May

१ जेठ, चामे । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।

read more

कास्कीको मादी १ मा एमालेको प्यानल नै विजयी

Added: Monday 15th of May

सन्देश श्रेष्ठ १ जेठ, पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।

read more

काठमाडौं महानगरमा कांग्रेस र एमालेको दाबीः जित्नेमा ढुक्क छौं

Added: Monday 15th of May

१ जेठ, काठमाडौं । देशकै राजधानी शहर र जेठो महानगर भएकाले काठमाडौं महानगरपालिको चुनावी परिणामबारे यतिखेर सर्वत्र चासो छ । ठूला दलका उम्मेदवारका साथै वैकल्पिक शक्तिका रुपमा विवेकशील नेपाली, साझा पार्टीका अनुहार पनि चुनावी मैदानमा भएकाले यहाँको भिडन्तलाई रोचक रुपमा हेरिएको छ ।

read more

चुनावी अग्रताः एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो (सूचीसहित)

Added: Monday 15th of May

१ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।

read more

अग्रहरी युवा मञ्च नवलपरासीको अधिवेशन सम्पन्न ।

Added: Thursday 30th of March

रेडियो परासी, १७ चैत्र । अग्रहरी युवा मञ्च नवलपरासीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । परासीमा भएको अधिवेशनले राधेश्याम अग्रहरीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा हेमन्त अग्रहरी, उपाध्यक्षमा धर्मेन्द्र अग्रहरी र अन्नु अग्रहरी,सचिवमा मिथिलेश अग्रहरी,कोषाध्यक्षमा सन्दिप अग्रहरी तथा सह सचिवमा अनिल अग्रहरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अर्बिन्द अग्रहरी, गोबिन्द अग्रहरी, रमेश अग्रहरी, सुरेन्द्र अग्रहरी, कृष्णलाल अग्रहरी, राकेश अग्रहरी लगायत रहनुभएको छ । हरिराम अग्रहरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राजेन्द्र अग्रहरी, विरेन्द्र अग्रहरी, विजय अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

read more

प्रधानमन्त्री दाहालद्वारा निर्वाचन तयारका विषयमा जानकारी लिँदै

Added: Thursday 30th of March

काठमाण्डौ, १७ चैत्र । एकसाता लामो चीन भ्रमण सकेर बुधबार स्वदेश फिर्ता भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज स्थानीय तहको निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगका आयुक्तहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले अपरान्ह चार बजे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएका छन् । छलफलमा निर्वा

read more