News & Events

इमर्जिङ टिम्स एसिया कप स् नेपालले टस जित्यो, हङकङ ब्याटिङमा

Added: Thursday 30th of March

रेडियो परासी, १७ चैत्र । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले हङकङले ब्याटिङ गरिरहेको छ । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो ।

read more

उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु

Added: Monday 27th of March

रेडियो परासी, १४ चैत्र । नवलपरासीमा उखु खेती गर्दै आएका किसानहरु पछिल्लो समय बैकल्पीक खेतीको रुपमा केरा खेती तर्फ आकर्षीत हुने क्रम बढेको छ । उखु खेतीबाट हैरान परेका किसानहरु पछिल्लो पटक व्यवसायीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत बनेका हुन् । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिदा पनि बर्षोसम्म भुक्तानी पाउन नसक्ने , समयमा रकम भुक्तानी पाउन नसक्ने जस्ता समस्याबाट ग्रार्षीत किसानहरु उखुको वैकल्पीक रुपमा अन्य कृर्षी खेती तर्फ आकर्षीत बनेका छन् । बर्षोदेखी उखु खेतीबाट वाक्क दिक्क बनेका किसानहरु पछिल्लो समय केरा खेती गरी केरा खेतीबाट मनग्य आम्दानी लिन थालेपछि किसानहर सन्तुष्ट बनेको केरा उत्पादक संघ नवलपरासीका सचिब लख्खु यादवको भनाई छ । आजभन्दा ३ बर्ष अघि मेड नेपाल चितवनले नवलपरासीको उखु खेती गर्ने पकेट क्षेत्र मानिने जिल्लाको ग्रामीण क्षेत्रमा उखुको विकल्पमा केरा खेतीगर्न सकिन्छ भने कार्यक्रम लागू गरेको थियो । सो कार्यक्रम लागू भएपश्चात यतिबेला नवलपरासीको ग्रामीण क्षेत्र जुन उखु खेती गरिन्थ्यो पछिल्लो समय उखु वालीको सट्टा किसानहरु केरा खेती गर्न अग्रसर देखाएका छन् ।

read more

अमेरिकामा फेरि गोली चल्यो, एकजनाको मृत्यु, थुप्रै घाइते

Added: Monday 27th of March

वासिङ्टन, १४ चैत । अमेरिकाको ओहायो राज्यमा आइतबार बिहानै एक रात्रिक्लवमा गोली चल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ । गोली लागेर १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएका छन् । सिनसिनटीस्थित उक्त रात्रिकालिनक्लवमा आइतबार बिहान करिव एक बजे गोली चलेको सिनसिनटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एबीसी न्यूजलाई बताए । फ्रान्जले घटनालाई ठूलो र जटिल आक्रमण भएको भनी टिप्पणी गरे ।

read more

प्रधानमन्त्रीले आज चिनियाँ राष्ट्रपतिसँग भेट्दै, आपसी हितका बारेमा छलफल हुने

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र ।प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको चौथो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन् । चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ । नेपालको सम्बन्ध दक्षिणी छिमेकी भारतसँग नजिक भएको टिप्पणी भइरहेका बेला हुन लागेको उक्त भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र ची

read more

कांग्रेसको केन्द्रीय कार्यसमिति आज पनि बस्दै, निर्वाचनको रणनीति बनाउने

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र ।नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका स्वरुप आज पनि केन्द्रीय कार्यसमिति छलफल गर्दै छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा अलि धेरै छलफल केन्द्रित रहेको छ । कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहलाई पार्टीको पक्षमा कसरी ल्याउन सकिन्छ भनेर रणनीति बनाइने बताए । यसअघि आइतबारको बैठकमा कार्यसम्पादन समितिका साथै केही अन्य संगठनात्मक निर्णयहरू गरेको कांग्रेसले पार्टी्भित्रको विवाद अन्त्यको प्रयास थाल्नेछ ।

read more

घोडेजात्रा पर्व आज मनाईंदै

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र । हरेक वर्ष चैत कृष्ण औँशीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व सोमबार मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँशीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो । चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बु

read more

आज विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

Added: Monday 27th of March

परासी, १४ चैत्र । आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । समाजका विकृति विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च इन्सिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।

read more

बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

Added: Monday 27th of March

चितवन, १४ चैत्र ।पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसा

read more

पुनर्निर्माण सम्बन्धी मापदण्डलाई व्यवहारिक बनाइयो

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्य्विधिमा रहेका केही अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ । कार्य्विधिमा रहेका केही अव्यवहारिक प्रावधानका कारण पहिलो किस्ता लिइसकेका लाभग्राही थप अनुदान लिन नआएपछि प्राधिकरणले प्राविधिक निरीक्षण पुस्तिकामा रहेको कडा मापदण्डलाई सच्याएर व्यावहारिक बनाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

read more

स्थानीय तह चुनावका लागि ६६ जिल्लामा मतदान स्थलको टुंगो लाग्यो

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र ।स्थानीय तह चुनावका लागि ६६ जिल्लामा मतदान स्थलको टुंगो लागेको छ । बाँकी ९ जिल्लाको टुंगो पनि छिटै लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले गएaको १० गतेसम्म सबै जिल्लाको मतदान केन्द्रको टुंगो लगाउने बताएपनि केही जिल्लामा दलहरुबिच सहमति हुन नसक्दा ढिलाई भएको हो । प्रदेश नम्बर २ का ६ जिल्ला तथा धादिङ, डोल्पा र बाजुराबाट मतदानस्थल तय हुन बाँकी छ । प्रदेश नम्बर २ का बारा र पर्सामा भने मतदान स्थलको टुंगो लागिसकेको आयोगले जनाएको छ । बाँकी जिल्लाको पनि केही दिनमै टुंगो लाग्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

read more