News & Events

मनाङको चामे गाउँपालिकामा एमाले बिजयी

Added: Monday 15th of May

१ जेठ, चामे । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।

read more

कास्कीको मादी १ मा एमालेको प्यानल नै विजयी

Added: Monday 15th of May

सन्देश श्रेष्ठ १ जेठ, पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।

read more

काठमाडौं महानगरमा कांग्रेस र एमालेको दाबीः जित्नेमा ढुक्क छौं

Added: Monday 15th of May

१ जेठ, काठमाडौं । देशकै राजधानी शहर र जेठो महानगर भएकाले काठमाडौं महानगरपालिको चुनावी परिणामबारे यतिखेर सर्वत्र चासो छ । ठूला दलका उम्मेदवारका साथै वैकल्पिक शक्तिका रुपमा विवेकशील नेपाली, साझा पार्टीका अनुहार पनि चुनावी मैदानमा भएकाले यहाँको भिडन्तलाई रोचक रुपमा हेरिएको छ ।

read more

चुनावी अग्रताः एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो (सूचीसहित)

Added: Monday 15th of May

१ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।

read more

अग्रहरी युवा मञ्च नवलपरासीको अधिवेशन सम्पन्न ।

Added: Thursday 30th of March

रेडियो परासी, १७ चैत्र । अग्रहरी युवा मञ्च नवलपरासीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । परासीमा भएको अधिवेशनले राधेश्याम अग्रहरीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा हेमन्त अग्रहरी, उपाध्यक्षमा धर्मेन्द्र अग्रहरी र अन्नु अग्रहरी,सचिवमा मिथिलेश अग्रहरी,कोषाध्यक्षमा सन्दिप अग्रहरी तथा सह सचिवमा अनिल अग्रहरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अर्बिन्द अग्रहरी, गोबिन्द अग्रहरी, रमेश अग्रहरी, सुरेन्द्र अग्रहरी, कृष्णलाल अग्रहरी, राकेश अग्रहरी लगायत रहनुभएको छ । हरिराम अग्रहरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राजेन्द्र अग्रहरी, विरेन्द्र अग्रहरी, विजय अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

read more

प्रधानमन्त्री दाहालद्वारा निर्वाचन तयारका विषयमा जानकारी लिँदै

Added: Thursday 30th of March

काठमाण्डौ, १७ चैत्र । एकसाता लामो चीन भ्रमण सकेर बुधबार स्वदेश फिर्ता भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज स्थानीय तहको निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगका आयुक्तहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले अपरान्ह चार बजे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएका छन् । छलफलमा निर्वा

read more

संसदद्वारा एमाले सांसद दुलारी देवीको शोकमा प्रस्ताव पारित गर्ने

Added: Thursday 30th of March

नेकपा (एमाले)की सांसद दुलारी देवीको निधनप्रति संसदले आज शोक प्रस्ताव पारित गर्ने भएको छ । दिउँसो एक बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकले चैत १० गते निधन भएकी सांसद देवीको शोकमा शोक प्रस्ताव पारित गर्ने संसद सचिवालयले जनाएको छ । भारतको सीतामढीमा मोटर साइकल दुर्घटनामा परेर खुट्टा गुमाएकी सांसद दुलारी देवीको ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

read more

सामाजिक तथा जानसाङ्ख्यिक प्रभावसम्बन्धी अध्ययन सार्वजनिक

Added: Thursday 30th of March

काठमाण्डौ, १७ चैत्र । गएको वर्षको वैशाख १२ को भूकम्पले अति प्रभाावित १४ जिल्लामा पारेको सामाजिक तथा जानसाङ्ख्यिक प्रभावसम्बन्धी अध्ययन सार्वजनिक गरिएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजन तथा संयुक्त राष्ट्र जनसङ्ख्या कोष र अन्तर्रा्ष्ट्रिय आप्रवास सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिविको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागद्वारा गरिएको अध्ययन बुधबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो । अध्ययनले भूकम्पका कारण परेको असरका जातीय, सांस्कृतिक विविधता, प्रजनन, मृत्यु र बसाइँसराइमा परेको प्रभावल

read more

वन रक्षकका लागि पुरुष भन्दा महिलाको आवेदन धेरै

Added: Thursday 30th of March

काठमाण्डौ, १७ चैत्र । वन रक्षक पदमा भर्ना आवेदन दिनेमा पाल्पामा पुरुष भन्दा महिना धेरै भएका छन् । हुलाक मार्फत आवेदन बुझाएका जम्मा नौ सय ८० जनामध्ये ७५ प्रतिशतभन्दा धेरै महिला रहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी हरिहर गैरेले जानकारी दिनुभयो । न्युनतम कक्षा ८ उत्तिर्णले आवेदन दिन पाउने भएपनि स्नाकोत्तर उत्तिर्ण महिलाले समेत आवेदन दिएको गैरेको भनाई छ । युवाहरु परदेश गएपछि जिल्लामा महिलाको संख्या धेरै भएकाले पनि उनीहरुको आवेदन धेरै भएको हुन सक्ने हुलाक अधिकृत खेतबहादुर खत्रीले बताउनुभयो ।

read more

भर्ना अभियानमा अभिभावक परिचालित हुने

Added: Thursday 30th of March

काठमाण्डौ, १७ चैत्र । नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ ।

read more