News & Events

सुनवल उत्कृष्ट र सुविधा सम्पन्न स्मार्ट सिटी बनाउँछु - विमला अर्याल

Added: Tuesday 20th of June

नवलपरासीको पहिलो बालमैत्री नगरको रुपमा परिचित सुनवल नगरपालिकाको मेयर पदमा नेकपा एमालेले महिलालाई अवसर दिएको छ । नेकपा एमालेको जिल्ला कमिटिमा लामो समय देखि जिम्मेवारी बहन गर्दै विभिन्न सामाजिक संघ संस्थाको समेत नेतृत्व गर्दै कुशल महिला नेतृ तथा समाजसेविको रुपमा परिचति विमला अर्याललाई एमालेले सुनवल नगरमा मेयर पदमा उठाएको छ । मेयर पदमा उम्मेदवारी गरेकी अर्यालसँग सामुदायिक रेडियो परासीले गरेको कुराकानि

read more

देख्न, सुन्न र बस्न लायक बर्दघाट नगर बनाउँछु ः एमाले मेयर उम्मेदवार धिरज शर्मा

Added: Tuesday 20th of June

करिव २० वर्ष पछि हुन गइरहेको स्थानिय तहको दोश्रो चरणको चुनावी रौनकले बर्दघाट नगरपालिकालाई पनि छोएको छ । नेकपा एमालेको तर्फदेखी बर्दघाट नगरपालिकाको मेयर पदको लागि युवा नेता धिरज शर्माले उम्मेदवारी मनोनयनन गरेका छन् । लामो समय देखी नेकपा एमाले जिल्ला कमिटी, र स्थानिय स्तरमा लोकप्रिय युवा नेताको रुपमा आफूलाई परिचित गराएका शर्मा सामाजिक कार्यमार्फत पनि जनतामाझ आफूलाई स्थापित गराएका नेताको रुपमा परिचित छन् । शिक्षा क्षेत्र हुँदै सामाजिक सँस्थाहरुबाट शर्माले आफूलाई बौद्धिक सामाजिक ब्यक्तिको रुपमा आफूलाई स्थापित गराएका छन् । मानविय सेवामा समर्पित साथसाथै कुशल ब्यवस्थापकिय क्षमता भएका शर्मा स्थानिय तह निर्वाचनमा मेयर पदका प्रत्यासीको रुपमा उभिइरहँदा समग्र बर्दघाटको विकासका बारेमा सामुदायिक रेडियो परासीका लागि मोहन पौडेलले गरेको कुराकानीको केहि अंश

read more

सामुदायिक रेडियो परासी दश वर्षमा प्रवेश

Added: Wednesday 17th of May

मोहन पौडेल रेडियो परासी, ३ जेठ ।सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज आज देखि दश वर्षमा प्रवेश गरेको छ । सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियोको रुपमा २०६५ जेष्ठ ३ गते स्थापना भई रेडियो परासी प्रसारणमा रहेको हो । दैनिक विहान ५ बजे देखि राती ११ बजे सम्म रेडियो प्रसारण भईरहेको छ ।

read more

परासीमा भेटिएको बम विस्पोज

Added: Wednesday 17th of May

रेडियो परासी, ३ जेठ । सदरमुकाम परासीमा भेटिएको बम डिस्पोज गरिएको छ । परासी स्थीत निर्माण व्यवसायी संघको गेटमा आज विहान प्रेसर कुकर बम फेला परेको थियो । बम कत्ति बेला त्यहाँ राखिएको भन्ने एकिन भएको छैन । विहान साढे पाँच बजे स्थानीयले खवर गरेका थिए । विहान ८ बजे बज्रदल गण परासीका उपसेनानीको कमाण्डमा खटिएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

read more

नवलपरासीका चार गाउँपालिका कांग्रेसको कब्जामा

Added: Wednesday 17th of May

रेडियो परासी, ३ जेठ । पहाडी बुलिंटार र हुप्सेकोट गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । बुलिंटारमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार शशिकिरण बस्ताकोटीले ४७०८ मत ल्याएर बिजयी भएका छन् । बस्ताकोटी शिक्षक हुन् । उनका प्रतिस्पर्धी एमालेका पत्रकार विद्रोही गिरीले २५५० मतमा चित्त बुझाएका छन् । गिरी प्रेस चौतारीका केन्द्रीय सदस्य पनि हुन् । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मैना बिकले ४६५३ मत ल्याएर बिजयी भएकी छन् । एमालेबाट उपप्रमुखमा पार्वती थापाले २६१४ मत ल्याएकी छन् । त्यहाँ ६ वटा वडामा सबै ३० जना नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । पहाडी बुलिंटार गाउँपालिका २०४६ सालपछि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे बिजयी भएकी छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्ल बिजयी भएकी छन् । लक्ष्मी पाण्डेले ४५९२ र उनका प्रतिद्वन्द्वी एमालेका मेघ बहादरले ४३५८ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्लले ४४६८ मत ल्याएर बिजय भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमखबहादुर थापाले ४४१३ मत ल्याएका छन् । ६ वटा वडामा कांग्रेस ४ वटा र २ वडामा एमाले बिजयी भएको निर्वाचन अधिकृत बिकासनरसिंह राणाले जानकारी दिए । त्यहाँको वडा नंम्बर १ मा कांग्रेसबाट वडा अध्यक्ष चित्रबहादुर कानूले ८०३ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका मनसारुले ५८१ मत ल्याएका छन् । त्यसैगरी वडा नम्बर २ मा कांग्रेसका वडा अध्यक्ष पदम केसीले ७५१ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका श्याम लम्सालले ५९८ मत ल्याएका छन् । त्यसैगरी वडा नम्बर ३ मा कांग्रेसबाट वडा अध्यक्षमा छविलाल मिथुनले १०७२ ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कमानसिंह रजालीले ९०७ मत ल्याएका छन् । त्यसैगरि वडा नम्बर ४ मा एमालेका रोशन थापाले १११३ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर रानाले ९२२ मत ल्याएर पराजित भए । ५ नम्बर वडामा कांग्रेसका पदम राना

read more

कावासोतीमा प्रमुख दुई दलबीच नै प्रतिस्पर्धा

Added: Monday 15th of May

नवलपरासी/जेष्ठ १, २०७४( नवलपरासी एउटै जिल्लालाई प्रदेश बिभाजनमा दुइ चिरामा बिभाजन गरियो । पहिलो चरणको निर्वाचनमा परेको दाउन्नेदेखि पुर्वका ४ वटा नगरपालिका र ४ वटा गाउपालिकाको केन्द्रमा कावासोती नगरपालिका छ । नवलपरासीका ७ वटा नगरपालिका मध्ये धेरै जनसंख्या , सरकारी कार्यालय भएको ठाउँ र तिव्र शहरीकरणले कावासोती नगरपालिका बिषेश चर्चामा रहेको छ । यहाँको सम्भावित चुनाबी परिणाममा धेरैको बढदो चासो रहेको छ ।

read more

सांसद जलेसा द्धारा जहदा र चिसापानीका योजना अनुगमन

Added: Monday 15th of May

मोहन पौडेल रेडियो परासी, १ जेठ । सांसद सिन्धु जलेसाले आज बर्दघाट नगरपालिका अन्तरगतका विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । सांसद जलेसाको सांसद विकास कोषको सहयोगमा सञ्चालित योजना तथा उहाँकै पहलमा शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएका योजनाको अनुगमन गर्नुभएको हो ।

read more

सामुदायिक रेडियोलाई समुदाय विकासको सहयात्री बनाउनुपर्छ- गौतम

Added: Monday 15th of May

सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज जेठ ३ गतेबाट दशौँ वर्षमा प्रवेश गरेको छ । एक दशकको अवधिमा रेडियो परासीले यस क्षेत्रमा उल्लेखेनीय योगदान पुराएको छ । यो अवधिमा रेडियोले पुराएको योगदान, भुमिका, चुनौति र अवको योजनाको विषयमा दश वर्षको व्यवस्थापकीय अनुभव संगालेका रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम सँग गरिएको कुराकानि

read more

भरतपुर महानगरपालिकाको मतगणना अझै अनिश्चित

Added: Monday 15th of May

चितवन जेष्ठ १, २०७४- सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन् । विहान दस बजेदेखि बसेको सर्वदलिय बैठक साढे दुई घन्टा भन्दा धेरै चलेको थियो ।

read more