खेलकुद समाचार

पश्चिमाञ्चल क्षेत्रिय अध्यक्षद्धारा खेलकुँद पुर्वाधारको निरिक्षण

Added: Wednesday 6th of July

प्रमोद अर्याल/रेडियो परासी । बर्दघाट, २२ असार । जिल्लामा निर्माणाधिन भौतिक सँरचनाको पश्चिमाञ्चल क्षेत्रिय खेलकुँद विकास समितिको एक टोलीले निरिक्षण एवं अवलोकन गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुँद विकास समितिका अध्यक्ष खगराज पौडेलको नेतृत्वमा आएको टोलीले राष्ट्रिय खेलकुँद परिषदको आर्थिक सहयोगमा निर्माणाधिन र स्तरोन्नती गरिएका कभर्ड हल, खेल मैदानको निरिक्षण गरेको हो । टोलीले जिल्ला स्थित गैँडाकोटको खेल मैदान, सुनवर्षा खेल मैदान, वि पि खेलग्राम, मुकुन्दपुर कभर्ड

read more

युरोकप फुटबलमा आज पोर्चुगल र वेल्स भिड्ने ।।

Added: Wednesday 6th of July

परासी, असार २२ । फ्रान्समा जारी युरोकप फुटबलमा आज समेफाइनलको खेल सुरु हुँदैछ । नेपाली समय अनुसार आज मध्यरातीबाट सेमिफाइनलको खेल सुरु हुनेछ । पहिलो खेलमा राती पौने १ बजे पोर्चुगल र वेल्स भिड्नेछन् । यसैगरी, भोलि राती पौने १ बजे आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।

read more

नेपालले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने ।।

Added: Wednesday 6th of July

परासी, असार २२ । नेपालले बंगलादेशसँग दुईओटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असार ३१ र साउन २ गते बंगलादेशसँग दुईओटा फिफा ‘ए’स्तरीय मैत्रीपूर्ण फुटबल खेल्न लागेकोे हो ।

read more

युरोकप फुटबल प्रतियोगितामा सेमिफाईनलका खेल भोलिबाट ।।

Added: Tuesday 5th of July

परासी, असार २१ । फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समीकरण अनुसार नेपाली समय अनुसार भोलि बिहानबाट सेमिफाइनलको खेल सुरु हुनेछ । पहिलो खेलमा पौने १ बजे पोर्चुगल र वेल्स भिड्नेछन् । यसैगरी, पर्सी बिहान पौने १ बजे आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।

read more

युरोकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सुरु हुँदै ।।

Added: Thursday 30th of June

परासी, १६ असार । युरोकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् । हरेक दिन एउटा खेल मात्रै हुनेछ । बिहीबार राती अथवा नेपाली समय अनुसार शुक्रबार बिहान हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् । यसैगरी, शुक्रबार राती वेल्सले बेल्जियमसँग खेल्नेछ । शनिबार राति जर्मनी र इटाली भिड्नेछन् । आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् ।

read more

युरोकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदै ।।

Added: Wednesday 29th of June

परासी, १५ असार । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । हरेक दिन एउटा खेल मात्रै हुनेछ । आज राती हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् । यसैगरी, भोली राति वेल्सले बेल्जियमसँग खेल्नेछ । शनिबार राति जर्मनी र इटाली भिड्नेछन् । आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् । सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।

read more

अर्जे्न्टिना कोपा अमेरिकाको फाइनलमा

Added: Wednesday 22nd of June

रेडियो परासी, ८ असार । अर्जे्न्टिना कोपा अमेरिकाको फाइलमा पुगेको छ । आज अमेरिकाको टेक्सामा भएको खेलमा घरेलु टोली अमेरिका विरुद्ध ४(०को पजत निकाल्दै अर्जे्न्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको हो । अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्ने छ । लियोनलज मस्सीले अर्जे्न्टिनाको

read more

युरोकप फुटबलमा समूह चरणका खेलहरु आज सकिंदै ।।

Added: Wednesday 22nd of June

रेडियो परासी, ८ असार । युरोकप फुटबलमा समूह चरणका खेलहरु आज सकिंदैछन् । आज राति समूह ‘इ’र ‘एफ’का चार खेलहरु भएपछि लिग चरण समाप्त हुनेछ । आज राति नेपाली समयअनुसार पौने १० बजे दुई खेल हुनेछन् । समूह ‘एफ’का यी खेलहरुमा पोर्चुगल र हंगेरी तथा आइसल्याज्ड र अष्ट्रिया भिड्नेछन् । भोलि बिहान पौने १ बजे हुने समूह ‘इ’का खेलहरुमा इटाली र आयरल्यान्ड तथा बेल्जियम र स्वीडेन भिड्नेछन् । यी खेलहरुपछि समूह चरणबाट

read more

युरोकप फुटबलमा आज राती ४ खेल हुन ।।

Added: Tuesday 21st of June

रेडियो परासी, असार ७ । इंग्लण्ड र वेल्स युरोकप फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह बी को अन्तिम लिग खेलमा रुसलाई ३–० ले हराउँदै वेल्सले प्रि क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । यो जितले वेल्सलाई तीन खेलबाट ७ अंकको साथ समुह बी को विजेता बनायो भने १ अंक मात्रै जोडेको रुस समुह चरणबाटै बाहिरियो । यही समुहको अर्को खेलमा

read more

चौतारी कपमा देशभक्तको जित

Added: Saturday 28th of May

प्रमोद अर्याल/रेडियो परासी, जेठ १५ । चौतारी युवा विकास प्रतिष्ठान बर्दघाट नवलपरासीको आयोजनामा जारी जिल्ला स्तरिय पुरुष फूटवल प्रतियोगिताको अन्तरगत आज युनाइटेड युवा क्लव गिरुवारी र गौतम बुद्ध क्लव वर्दघाट प्रतिस्पर्धा हुने भएको छ । यस अघि हिजो शुक्रवारको खेलमा देशभक्त युवा क्लव मगरमुढा विजयी भएको छ । हिमालयन युवा क्लव सरावललाई ट्राइब्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै देशभक्तले अघिल्लो चरण प्रवेश गरेको हो । नवलपरासीको बर्दघाट स्मृतिनगर खेलमैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेका थिए ।

read more