खेलकुद समाचार

मेस्सीले बिदा छोट्याए

Added: Sunday 24th of July

साउन ९ – लियोनल मेस्सीले बार्सिलोनाको प्रिसिजन टुरका लागि आफ्नो बिदा छोट्याएका छन् । मेस्सी एक हप्ताअघि नै इंग्ल्याण्डमा हुने बार्सिलोनाको प्रिसिजन प्रशिक्षणमा सहभागी हुने भएका हुन् । मेस्सी अगस्ट एकमा बार्सिलोनाको क्याम्पमा फर्किने तय भएको थियो । तर उनी आउँदो सोमबार ९भोलि० देखिनै बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किने भएको क्लबले जनाएको छ । बार्सिलोना सोमबार पाँच दिने प्रशिक्षण क्याम्पका लागि इंग्ल्याण्ड जाँदैछ । मेस्सी पनि प्रशिक्षण क्याम्पमा हुने छन् । त्यसपछि

read more

राष्ट्रिय महिला क्रिकेट छनौट आजदेखि ।।

Added: Saturday 23rd of July

काठमाण्डौ, साउन ८ । राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आज हुने दुई खेलमा एपीएफ र मध्यमाञ्चल तथा अर्को खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चल भिड्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा ५ विकास क्षेत्र र सशस्त्र प्रहरी बलको महिला टोलीसहित ६ टिमको सहभागिता हुनेछ । हङकङमा हुने आईसीसी महिला विश्वकप छनौट एसिया २०१६ का लागि सिनियर राष्ट्रिय महिला टिम छनौट गर्न प्रतियोगिता गरिएको हो । प्रतियोगिता साउन ११ गतेसम्म हुनेछ ।

read more

दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस आजदेखि ।।

Added: Saturday 23rd of July

काठमाण्डौ, साउन ८ । नेपाल भेट्रान्स टेबल टेनिस सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालबाट २४, भारतबाट ४०, पाकिस्तानबाट दुई, माल्दिभ्सबाट छ र बङ्गलादेशबाट चार खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक नवीनबहादुर शाक्यले जानकारी दिनुभयो ।

read more

नेपाली क्रिकेट टोलीले आज विश्वकै पुरानो क्रिकेट क्लबसँग खेल्ने ।।

Added: Tuesday 19th of July

परासी, साउन ४ । क्रिकेट नेपाली क्रिकेट टोलीले आज विश्वकै पुरानो क्रिकेट क्लबसँग खेल्ने भएको छ । क्रिकेटको मक्का मानिने इङल्यान्डको लर्डस मैदानमा प्रतियोगिता मैत्रीपूर्ण हुनेछ । नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा आज एक दिवसीय खेल हुने भएको हो ।

read more

नेपाली राष्ट्रिय टोलीको निरन्तर जित ।।

Added: Monday 18th of July

परासी, साउन ३ । नेपाली राष्ट्रिय टोलीले बेलायतमा जितको श्रृखंलालाई निरन्तरता दिएको छ । लगातार चौथो जित निकाल्ने क्रममा नेपाली राष्ट्रिय टोलीले गएराती स्थानिय ईष्टब्रोम क्रिकेट क्लबलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

read more

नेपाली जुडो खेलाडि स्विट्जरल्यान्ड जाँदै ।।

Added: Sunday 17th of July

परासी , साउन २ । नेपाली जुडो टोली युथ ट्रेनिङ क्याम्प २०१६ मा सहभागी हुन आज स्विट्जरल्यान्ड जाँदैछ । दुई खेलाडीसहित तीन सदस्यीय टोली आज स्विट्जरल्यान्ड जाने भएको हो । खेलाडीमा इन्द्रबहादुर श्रेष्ठ र मनीता श्रेष्ठ प्रधान रहेका छन् । दुवै १२ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता हुन् । भारतमा गत फेब्रअरीमा सम्पन्न सागमा इन्द्रले कांस्य र मनीताले रजत जितेका थिए । प्रशिक्षकमा लक्ष्मी तामाङ रहनुभएको छ । युथ ट्रेनिङ क्याम्प क्याम्प जुलाई १८ देखि २४ तारिखसम्म सञ्चा

read more

बेलायतमा नेपाली क्रिकेट टोलीको लगातार तेस्रो जित ।।

Added: Saturday 16th of July

परासी, साउन १ । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । अभ्यास खेलका लागि बेलायत गएको टिमले हिजो राति भएको तेस्रो अभ्यास खेलमा नेपालले बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराएको हो । कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान

read more

रामनगर वडाकपमा १ नम्वरको जित

Added: Friday 15th of July

प्रमोद अर्याल/रेडियो परासी, असार ३१ । रामनगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न रामनगर वडाकपको उपाधि वडा नम्वर १ ए ले हात पारेको छ । फाइनल प्रतियोगितामा वडा नम्वर २ ए लाई ट्राइव्रेकरमा २ का विरुद्ध ३ गोल गर्दै १ नम्वरले उपाधिमा कव्जा जमाएको हो । निर्धारित समयमा कुनै पनि पक्षवाट गोल

read more

बेलायतमा नेपालको दोस्रो जित

Added: Friday 15th of July

काठमाडौँ, ३१ असार । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ । बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार दोस्रो जित हात पारेको हो । नेपालका लागि सागर पुनले

read more

युरोकपको उपाधी पोर्चुगललाई, फ्रान्स पराजित ।।

Added: Monday 11th of July

परासी, असार २७ । युरोकपको उपाधी पोर्चुगलले जितेको छ । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगल कुनै पनि ठुलो अन्तराष्ट्रिय प्रतियोगिताको उपाधी पहिलो पटक जितेको हो । फ्रान्समा भएको खेलमा निर्धा्रित ९० मिनेट सम्म दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । तर थपिएको समयको १९ औं मिनेटमा पोर्चुगलका लागि इडरले गोल गर्नुभयोे । त्यसपछि कुनै गोल हुन सकेन र खेल पोर्चुगलले जित्यो । पोर्चुगलले खेलको २४ औं मिनेटमा घाइते भएपछि आफ्ना महत्वपूर्ण खेलाडी क्रिस्टीयानो रानाल्डोलाई गुमाउनु परेको थियो । दुबै तर्फबाट गोलका दर्जनौं प्रयास भएका थिए । दुबै टोलीका किपरले दर्जनौं प्रहार रोकेका थिए । फ्रान्सको एउटा प्रहार पोष्टमा लागेर फर्किएको थियो भने पोर्चुगलको प्रहार पनि क्रसबारमा लागेको

read more