खेलकुद समाचार

रामग्राम १२ पचगावामा फुटवल प्रतियोगिता सुरु ।

Added: Friday 30th of September

सामुदायिक रेडियो परासी, १४ असोज रामग्राम नगरपालिका वडा नं. १२ पचगावामा विहिबार देखि गाउँ तथा वडा स्तरिय रामग्राम कप फुटवल प्रतियोगिता सुरु भएको छ । विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर रामग्राम युवा क्लव र प्रगति नमुना बाल क्लव पचगावाको आयोजनामा सुरु भएको सो प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । रामग्राम युवा क्लवका अध्यक्ष श्याम चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ताले खेल सफलताको शुभकामना व्यक्त गर्दै रामग्राम नगरपालिका भित्र खेल मैदानको अ

read more

सरावलको फुटवल पं्रतियोगितामा आज भगजोगनी र बेताहानी भिड्ने ।

Added: Wednesday 28th of September

मोहम्मद ईजहार शेष/सामुदायिक रेडियो परासी, १२ असोज । नवलपरासीको सरावल गाविसको सरावलमा जारी खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको रुपौलिया र सरावल ८ हात्तिबनको खेलमा हात्तिबन ८–२ गोलले विजयि भएको छ । खेल सुरु भएको पहिलो हाफको ५ मिनेटमा रुपौलियाको तर्फवाट गोपाल पाण्डेले १ गोल खेदन चौधरीले १ गोल गरि २ गोल गरेपनि त्यो प्रतिस्प

read more

सरावलमा जारी फुटवलमा आज रुपौलिया र हात्तिवन भिड्ने ।

Added: Tuesday 27th of September

मोहम्मद इजहार शेष/सामुदायिक रेडियो परासी, ११ असोज । नवलपरासीको सरावल गाविसको सरावलमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बरारी विजयी भएको छ । आज सुर्यपुरा र बरारी बिच खेल भएको थियो ।

read more

सरावलमा फुटवल प्रतियोगिता सुरु ।

Added: Sunday 25th of September

मोहन पौडेल/प्रमोद अर्याल, सामुदायिक रेडियो परासी, ९ असोज । नवलपरासीको सरावल गाविसमा खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । विजयादशमीको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुदैँ आएको सो प्रतियोगिताको शनिबार नेपाली काग्रेसका जिल्ला सदस्य कुलदिप आर्चायले एक कार्यक्रमका विच उदघाटन गर्नुभएको हो । हिमाली युवा क्लवको आयोजनामा भएको सो प्रतियोगिता विजयादशमीको दिन सम्म सन्चालन हुने क्लवका उपाध्यक्ष उमेश विकले सामुदायिक रेडियो परासीलाई जानकारी दिनुभयो । हिमाली युवा क्लवको प्रांगढमा सन्चालित उक्त प्रतियोगितामा नवल

read more

मेस्सीलाई चोट, तीन हप्ता खेल्न नसक्ने

Added: Thursday 22nd of September

परासी , ६ असोज । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी कम्तिमा तीन हप्ताका लागि मैदान बाहिर हुने भएका छन् । ला लिगा अन्तर्गत बुधबार रातिको खेलको क्रममा चोटग्रस्त भएका कारण मेस्सी तीन हप्तासम्म खेल्न नसक्ने भएका हुन् । उनको कम्मर र तिघ्रा बिचको भागमा चोट लागेको हो । उनको मांसपेशी तन्किएको छ । एथ्लेटिको मड्रिडका डिएगो गोडिनसँगको ट्याकलको क्रममा मेस्सीलाई खेलको ५९ औं मिनेटमा चोट लागेको हो । यो खेलमा बार्सिलोना १–१ को बराबरीमा रोकियो ।

read more

फूटवलमा नमुना समाजको सहज जित

Added: Friday 16th of September

प्रमोद अर्याल/रेडियो परासी, भाद्र ३१ । नवलपरासीको गिरुवारीमा जारी युनाइटेड च्याम्पीयनशिप फूटवल प्रतियोगिताका क्वार्टर फाइनल चरणको खेल जारी छ । तेश्रो क्वार्टर फाइनल खेलबाट नमुना समाज सिमरैनी सेमीफाइनलमा प्रवेश गरेको छ । रामपुर फूटवल

read more

पाँचौ राष्ट्रिय लाखे नाच प्रतियोगिता आजबाट

Added: Thursday 15th of September

चितवन, भाद्र ३० । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा चितवनमा आजबाट पाँचौ लाखे नाच प्रतियोगिता सुरु हुँदै छ । भोलिसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज दिउँसो दुई बजे गर्ने कार्यक्रम रहेको छ ।

read more

स्पेनले ठोक्यो ८ गोल, कोस्टा, सिल्भा र मोराटा बने नायक

Added: Tuesday 6th of September

परासी , भदौ २१। स्पेनले शानदार जितका साथ विश्व कप २०१८ को छनौट अभियान सुरु गरेको छ । । समूह जीमा रहेको स्पेनले सोमबार राति भएको खेलमा लिंकटेन्सटाइनलाई ८–० ले हराएको हो ।

read more

विश्वकप छनौटमा जर्मनीको सुखद सुरुवात

Added: Monday 5th of September

२० भदौ, काठमाडौं । थोमस मुलरले दुई गोल गरेपछि विश्वकप छनौटमा साविकको विजेता जर्मनीले सुखद सुरुवात गरेको छ । समूह सीमा रहेको जर्मनीले छनौटको आफ्नो पहिलो खेलमा नर्वेमाथि ३(० को जित निकालेको हो । ओस्लोमा भएको खेलमा जर्मनीे १५ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको

read more

इंग्ल्याण्ड चुक्यो, पाकिस्तान ४ विकेटले विजयी

Added: Monday 5th of September

२० भदौ, काठमाडौं । पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्याण्ड श्रृखला हृवाइटवास गर्ने मौका चुकाएको छ । कार्डिफमा ३०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो थिएन । ७७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १६३ रनको साझेदारी गरे । अहमद ९० रनमा आउट भए, जतिबेला टिमको स्कोर २४० रन थियो । यो साझेदारी टुटेपछि पाकिस्तानको पारी फेरि धरमरायो । थप २६ रन जोड्दा छैटौं विकेट गुमाएको थियो । तर, मोहम्मद रिवाज र इम्आद वासिमले पाकिस्तानलाई जित दिलाए । रिवाजले ३४ र आसिम १६ रन

read more