खेलकुद समाचार

राईनो संरक्षण गोल्डकपको फाईनल आज ।

Added: Saturday 29th of October

सामुदायिक रेडियो परासी, १३ कार्तिक । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको बिजेता र उपबिजेताको दुबै उपाधि यस बर्ष काठमाण्डौ भित्रने निश्चित भएको छ । ठूलो धन राशी पुरस्कार रहेको प्रतियोगिताको उपाधिको लागि काठमाण्डौका २ वटा क्लव भिड्ने तयारी गरेका छन् । संकटा क्लव काठमाण्डौ र व्बाईज युनियन काठमाण्डौं उपाधिको लागि आज शनिबार भिड्दै छन् । देशका विभिन्न १२ स्थानका उत्कृष्ट समूह सहभागि प्रतियोगितामा १० वटा समूहलाई उछिन्र्दै संकटा र युनियन उपाधिको लागि फाईनल यात्रा तय गरेका हुन् ।

read more

नवलपरासीमा तेक्वान्दो खेलाडि छनौट ।

Added: Friday 28th of October

सामुदायिक रेडियो परासी, १२ कार्तिक । सातौं राष्ट्रिय खेलकुँद प्रतियोगितामा सहभागिता जनाउन नवलपरासी जिल्लाबाट तेक्वान्दो खेलाडी छनौट गरिएको छ । खेलाडि छनौट सँयोजक भुमेश्वर भुसालको अध्यक्षतामा भएको छनौट प्रतियोगितामा विभिन्न तौल समुहका ८ खेलाडि सातौँ राष्ट्रिय खेलकुँद प्रतियोगिताको लागि छनौट भएका छन । रामनगर भुमहिमा भएको प्रतियोगिताबाट पुरुष तर्फ तपन केवट, अजय कुमार रिजाल, रविन अधिकारी, प्रेम बहादुर नेपाली छनौट भएका छन भने महिला तर्फ सविना रेग्मी, पार्वती पाण्डेय, समिक्षा राना र रिना चौधरीले सातौँ राष्ट्रिय खेलकुँदमा जिल्लाको तर्फदेखी सहभागिता जनाउने छन ।

read more

अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबलमा आजबाट सेमिफाइनलका खेल ।।

Added: Thursday 27th of October

चितवन , ११ कार्तिक । चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । प्रतियोगिताअन्तर्गत् आज पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । दुवैले फाइनलका लागि बाटो तय गर्ने दावी गरेका छन् । हिजो संकटा क्लब काठमाडौं प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापा–११ लाई ‘टाइब्रेकर’मा ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।

read more

नवलपरासीमा नाईट क्रिकेट प्रतियोगिता हुदैँ ।

Added: Wednesday 26th of October

मोहम्मद ईजहार शेख,रेडियो परासी, १० कार्तिक । नवलपरासीमा यस वर्षपनि रातको समयमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हुसैनी क्रिकेट क्लब कुश्मा ६ परसीयाको आयोजनामा यहि कात्र्तिक १२ गतेवाट दुग्गी नाईट क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक क्लबका अध्यक्ष नबाबुद्दिन अन्सारीले जानकारी दिएको छ । प्रतियोगितामा नवलपरासी र भारतको युपी प्रान्तका क्रिकेट समुहहरुको सहभागिता रह्ने बताईएको छ । प्रतियोगिता हरेक दिन साँझ ७ बाट सञ्चालन हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहका हरेक खेलाडीलाई एक एक थान मल्डीमेडिया मोबाईल , दित्तिय समुहलाई एक थान रेन्जर साईकल सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडिहरुलाई पनि आकर्षक पुरस्कार दिईनेछ भने आयोजकले मिडिया पार्टनरका लागि सामुदायिक रेडियो परासीलाई राखेको छ ।

read more

नेपालले आज हङकङको सामना गर्दै

Added: Thursday 13th of October

२७ असोज, काठमाडों । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आयोजक हङकङको सामना गर्दै छ । अंकतालिकाको शिर्ष स्थानमा रहेको हंकङसँगको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा पौने १२ बजे सुरुहुने प्रतियोगितामा नेपाल पहिलो हारको बदाला लिने दाउमा रहेको छ ।

read more

महिला विश्वकप क्रिकेट छनोटः नेपाल हङकङसँग ६ विकेटले पराजित

Added: Monday 10th of October

परासी, २४ असोज । आइसीसी महिला विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ । आइतबार हङकङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७७ रनमात्रै बनाउन सक्यो ।७८ रनको लक्ष्यसहित जवाफी व्यटिङमा उत्रिएको हङकङले २१ बल बाँकी छँदै १६.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो

read more

सातौं राष्ट्र्रिय खेलकुद प्रतियोगीताका लागी खेलाडि छनौट ।

Added: Sunday 9th of October

बर्दघाट २३ असोज । सातौं राष्ट्र्रिय खेलकुद प्रतियोगीताका लागी नवलपरासीवाट टेक्वान्डोका खेलाडीहरुको छनौटकार्य शनिबार बर्दघाटको पञ्चनगरमा सम्पन्न् भएको छ । नवलपरासी आई .टि.एफ को आयोजनामा जिल्ला छनौट प्रतियोगित सम्पन्न् भएको हो । नेपाल आई .टि.एफ टेक्वान्डो संध नवलपरासीका अध्यक्ष एवं आई .टि.एफ .टेक्वान्डो संध का उपाध्यक्ष रितमान कामु मगरको अध्यक्ष्ाँता र जिल्ला खेलकुद विकास समितीका अध्यक्ष कुमार आले

read more

रोनाल्डोले गोलको वर्षा गरेपछि पोर्चुगल फराकिलो अन्तरले विजयी

Added: Saturday 8th of October

परासी, २२ असोज ।स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गोलको वर्षा गरेपछि विश्वकप छनोट खेलमा एन्डोरालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै युरोपियन च्याम्पियन पोर्चुगल विजयी भएको छ । साथै विश्वकप छनोट फुटबलअन्तर्गत् हिजो राति भएका खेलमा फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियम पनि विजयी भएका छन् ।

read more

इटली हारबाट जोगियो, स्पेन बदला लिन असफल

Added: Friday 7th of October

काठमाण्डौ, २१ असोज । अन्तिमतिरको पेनाल्टी गोलको मदतमा इटलीले विश्वकप छनौटमा स्पेनसँग बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा स्पेन र इटलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । टोरिनोमा भएको खेलको पहिलो हाफमा स्पेनले ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, गोल गर्न सकेन । ५५ औं मिनेटमा इटलीको किपरको गल्तीको फाइदा उठाउँदै स्पेन गोल गर्न सफल भयो । बल क्लियर गर्न डिबक्स बाहिर पुगेका वुफोन चुकेपछि

read more

१३ वर्षका ‘मेस्सी’को अस्वाभाविक प्रतिभा

Added: Wednesday 5th of October

असोज १९ – अरु खेलाडी भन्दा आधा उचाइका १३ वर्षे काराकोको डेम्बेलेले सोमबार राति स्कटिस क्लब सेल्टिकको २० वर्षमुनिको टिममा डेब्यु गरे । उनले हार्टस् क्लबविरुद्धको खेलमा ९ मिनेट मात्रै मैदानमा बिताए । यो खेलको डेब्युले उनी उदाउँदो फुटबल स्टार रहेको स्पष्ट छ । डेम्बेलेले सेल्टिकको स्कूले छात्र टिममा गरेको प्रदर्शनका कारण इन्टरनेटमा उनको चर्चा यसअघि नै चुलिएको थियो ।

read more