खेलकुद समाचार

साफ फुटबल स् नेपालसँग खेल्नु भारतका लागि ब्याडलक १

Added: Sunday 1st of January

काठमाडौं, पुस १७ – चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार नेपाल र भारतबिच खेल हुँदैछ । समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनलमा पुगेको नेपालल निकै बलियो मानिएको भारतसँग खेल्दा नेपाललाई नै फाइदा रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् । प्रशिक्षक थापाले सेमिफाइनलमै भारत नेपालसँग खेल्नु उसको ‘ब्याडलक’ भएको बताएका छन् । नेपाली टोली पहिलेभन्दा बलियो भएको भन्दै थापाले समूह चरणका खेलमा सनसनी मच्चाएको नेपालसँग खेल्न भारतको लागि दुःखद नजिता पनि हुन सक्ने बताए ।

read more

आहा रारा गोल्डकप खेल्न अमेरिकाबाट १८ जना खेलाड़ी छनौट

Added: Sunday 18th of December

– बिजय थापा वाशिंगटन डीसी । आगामी जनवरी १७ तारिख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अन्तरर्राष्टिय स्तरको आहा गोल्डकप फुटबल प्रतियोगिताको लागि डीसीमा छनौट प्रक्रिया सफलता पूर्वक संपन्न भएको छ । डीसी क्षेत्रको भर्जिनियामा आज अमेरिकाको बिभिन्न राज्यहरुबाट आएका करीब ५० जना दोश्रो पुस्ता तथा नेपालमा राष्ट्रीय स्तरमा खेली सकेका खेलाड़ीहरु बिच भएको छनौट प्रकियामा छनौट प्रक्रिया समितिले अंतिम १८ जना खेलाड़ीलाई छनौट गरेको छ ।

read more

सोलिडारिटी कप विजयी नेपाली फुटबल टोलीको विमानस्थलमा भव्य स्वागत

Added: Thursday 17th of November

काठमाण्डौँ, २ मंसिर । मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे । उनीहरुको स्वागत गर्न एन्फाका अधिकारीहरु पनि उपस्थित थिए । विमानस्थलमा उपस्थित यात्रु तथा तिनका आफन्तहरुले पनि खेलाडीहरुलाई हुटिङ गरेर स्वागत गरेका छन् । खेलाडीको स्वागतमा एन्फाले राति

read more

पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

Added: Monday 14th of November

लन्डन, २९ कात्तिक । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहका खेलहरूमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४–१ ले हरायो । अन्य खेलहरुमा हंगेरीले एण्डोरालाई ४–० ले हराँउदा स्विट्जरल्याण्डले फारो आईल्याण्डलाई २–० ले पराजित गर्‍यो । समूह ‘एच’को खेलमा बेल्जियमले ईस्टोनियालाई ८–१ ले हराएको छ । अन्य खेलहरुमा साईप्रसले जिब्रल्टारलाई ३–१ ले हराँउदा ग्रिस र बोस्नीया हर्सगोभिजाले १–१ गोलको बराबरी खेलेका छन् । समूह ‘ए’का खेलहरुमा नेदरल्याण्ड्सले लक्जेम्बर्गलाई ३–१ ले हराँउदा बुल्गेरियाले बेलारुसमाथि १–० को जीत निकालेको छ । विश्वकप छनौट अन्तर्गत अफ्रिकी समूहका खेलहरुमा ईजिप्टले घानालाई २–० ले हराँउदा प्रजातान्त्रिक गणतन्त्र कंगोले गिनियालाई २–१ ले पराजित गरेको छ । – एजेन्सी

read more

सोलिडारिटी कपस् फाइनल प्रवेशका लागि नेपालले आज लाओसको सामना गर्ने

Added: Saturday 12th of November

काठमाण्डौँ, २७ कार्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपालले आज लोओससँग प्रतिस्पर्धा गर्दैछ । समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओससँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे हुनेछ ।

read more

ग्यारेथ वेल छैटौं पटक बने वर्ष खेलाडी

Added: Wednesday 9th of November

२४ कात्तिक, काठमाडौं । ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ दि इयर घोषित भएका हुन् । वेलकै प्रेरणामा वेल्सले यो वर्ष युरो कपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जुन उसको अहिलेसम्मकै ठुलो उपलब्धि हो ।

read more

यू- १९ एसिया कप क्रिकेट अर्को महिना, नेपालले पनि खेल्ने

Added: Sunday 6th of November

२१ कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट हुने भएको छ । र, चार टेष्ट देशसँगै नेपालले पनि खेल्नेछ । पछिल्लो पटक २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो । त्यसयता हुन नसकेको यो प्रतियोगिता एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रक्रियोगिता गराउन लागेको हो । श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म श्रीलंकामा प्रतियोगिता हुनेछ ।

read more

रात्रि क्रिकेटको उपाधि भारतको ठुटिवारीले जित्यो ।

Added: Friday 4th of November

मोहम्मद ईजहार शेष/सामुदायिक रेडियो परासी, १९ कार्तिक । नवलपरासीको कुश्मा गाविस वडा नम्बर ६ परसीयामा सञ्चालीत दुग्गी नाईट क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको ठुठिबारीले हात पारेको छ । आयोजक हुसैनी क्रिकेट क्लब परसीयाले भने उपबिजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको बुधकार राति फाईनल भएको छ । टस जितेर व्याटीङ रोजेको आयोजक हुसैनी क्रिकेट क्लवले निर्धारीत ८ ओभरमा विपक्षिलाई २८ रनको लक्ष्य दिएको

read more

कुश्मामा रात्री क्रिकेट प्रतियोगिता ।

Added: Sunday 30th of October

मोहम्मद इजहार शेष/सामुदायिक रेडियो परासी, १४कार्तिक । नवलपरासीको कुश्मा गाविस ६ परसियामा दुग्गी नाईट क्रिकेट प्रतियोगिता सुरु भएको छ । हुसैनी क्रिकेट क्लव परसीयाको आयोजनामा सुरु भएको सो प्रतियोगिताको गएराती एक कार्यक्रमका विच नेपाल उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य दिपक शाहले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता रातीमा सन्चालन हुन्छ । कार्यक्रममा क्यामुदिन अन्सारी,,दिपेन्द्र गुप्ता, फिरोज अन्सारी, अशोक ठाकुर, लगयातले शुभकामना व्यक्त गर्नुुुभएको थियो । सामुदायिक रेडियो परासी मिडिया पार्टनर रहेको सो प्रतियोगिताकााो सन्चालन रेडियोका मोहम्मद ईजहार शेषको थियो ।

read more

राइनो संरक्षण फुटबलको उपाधि ब्वाइज युनियनलाई

Added: Sunday 30th of October

सामुदायिक रेडियो परासी, १४कार्तिक । नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ । संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगिताको फाइलन खेलमा पहिलो हाफमा ब्वाइज युनियनले २ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा संकटाले १ गोल गरेको थियो ।

read more