खेलकुद समाचार

आठौ राष्ट्रपती रनिङग शिल्ड प्रतियोगिताको उपाधी राष्ट्रिय उच्च मावि छिवनीले चुम्यो

Added: Thursday 21st of January

रेडियो परासी, माघ ७ । नवलपरासीमा सन्चालित आठौ राष्ट्रपती रनिङग शिल्ड प्रतियोगिताको उपाधी राष्ट्रिय उच्च मावि छिवनीले चुमेको छ । २ सय अंक प्राप्त गर्दै छिवनीले तेश्रो पटक उपाधी आफनो कब्जामा पारेको छ । यस्तै नेपाल राष्ट्रिय मावि १ सय ४ अंक ल्याउदै दोश्रो भएको छ भने जनता सिद्ध अमर मावि ९३ अंक प्रप्त गर्दै तृतीय भएको छ भने जनता उच्च मावि डैनहवा ६१ अंक पा्रप्त गर्दै सान्तवना भएको छ । उत्कृष्ट भएका विद्यार्थी तथा विद्यालयलाई बुधबार औपचारिक रुपमा समापन कार्यक्रमको आयोजना गरि शिल्ड मेडल तथा प्रमाणपत्र र नगदले पुरस्कृत गरिएको छ । यस्तै अर्को वर्षको नवौ राष्ट्रपती रनिङग शिल्ड प्रतियोगिताको आयोजना रमवापुर मावि सुनवलले गर्ने समेत कार्यक्रममा घोषणा गरिएको छ ।

read more

भुमहीमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने ।।

Added: Saturday 16th of January

प्रमोद अर्याल/रेडियो परासी, माघ २ । नवलपरासीको रामनगरमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिन्टन सँघ नवलपरासीको समन्वय र रामनगर ब्याडमिन्टन क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

read more

साफ च्याम्पियनसिप आजदेखि भारतमा शुरु हुँदै, नेपाल र श्रीलंकासँग भिड्दै ।।

Added: Wednesday 23rd of December

रेडियो परासी, ८ पुस । एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) भारतको त्रिबेन्द्रम रंगशालामा आजदेखि सुरु हुने भएको छ । आज उद्घाटन खेलमा समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलङ्का भिड्ने भएका छन् । त्यही समूहमा प्रतियोगिताको सर्वाधिक सफल टोली आयोजक भारत पनि छ । फिफा बरियतालाई आधार मान्दा श्रीलङ्का दक्षिण एसियाकै कमजोर टोली हो भने नेपालको स्थान केही राम्रो छ ।

read more

तेक्वान्दोको ग्रेडिङ्ग सम्पन्न

Added: Monday 21st of December

प्रमोद अर्याल/बर्दघाट, ६ पुष । आइ टि एफ तेक्वान्दो नवलपरासीका खेलाडिहरुलाई ग्रेडिङ्ग गरिएको छ । बर्दघाट नगरपालिकाको जिमिरेभारमा एक कार्यक्रमका विच खेलाडिहरुको ग्रेडिङ्ग गरिएको हो । आइ टि एफ तेक्वान्दोका केन्द्रिय उपाध्यक्ष अन्जान धमला र केन्द्रिय सदस्य उमेश राजथलाको उपस्थितीमा खेलाडिहरुलाइ विभिन्न बेल्टमा ग्रेडिङ्ग गरिएको हो ।

read more

आधारभुत तह खेलकुद प्रतियोगिता सम्पन्न ।।

Added: Monday 21st of December

रेडियो परासी, ६ पुस । नवलपरासीको रामनगरमा सन्चालित डैनहवा श्रोत केन्द्र स्तरिय पाचौँ आधारभुत तह खेलकुद प्रतियोगिता २०७२ आईतबार सम्पन्न भएको छ । सेवा सदन प्रावि विचैयापुरको आयोजनामा गत पुष ३ गतेदखि संचालित खेलकुद प्रतियोगिता आज एक समारोह बिच समापन गरिएको हो । प्रतियोगितमा डैनहवा श्रोत अन्तर्गतका ४० वटा विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

read more

हात्तिपोलो प्रतियोगिता अन्तर्गत आज पनि ४ खेल हुने ।।

Added: Tuesday 24th of November

रेडियो परासी, ८ मंसिर । ३४ औं अन्तराष्ट्रिय हात्ति पोलो प्रतियोगिता अन्तर्गत मगलवार पनि चार वोटा खेलहरु हुदै छन् । मगलवार हुने पहिलो खेलमा इंग्ल्याण्ड र श्रिलंका भिडने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरीका र स्वीजरल्याण्ड भिडने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिडने छन् । मगलवार हुने चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलेयि विच खेल हुने व्यवस्थापक डिवि चौधरीले जनाकारी दिनु भयो । यस अघि सोमवार भएको पहिलो दिनको खेलमा नेपालको टाइगर टप्स टस्कर , स्वीजरल्याण्ड , श्रिलंका र इंग्ल्याण्ड विजयी भएका थिए ।

read more

नवलपरासीमा अन्तरर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता शुरु

Added: Monday 23rd of November

रेडियो परासी, ७ मंसिर । नवलपरासीमा पहिलो पटक आजबाट हात्ती पोलो प्रतियोगिता शुरु भएको छ । कावासोती १५ मा रहेको थारु भिलेजको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता ११ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा ८ वटा समुहले प्रतिस्पर्धा गर्दैछन , जसमध्ये एक समुह मात्रै नेपालको रहेको छ, अन्य समुह अमेरीका , ईङल्यान्ड , सु्जरल्यान्ड, श्रीलङका , अरेवियाबाट रहेका छन ।

read more

नेपाल आज फेरि पपुवा न्युनिगिसँग भिड्दै ।।

Added: Wednesday 18th of November

रेडियो परासी, २ मंसिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल आज फेरि पपुवा न्युनिगिनीसँग भिड्दैछ । पहिलो खेलमा पपुवा न्यूगिनीसँगै हार बेहोरेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुने खेलमा नेपालले आज जीत हाँसिल गर्ने लक्ष्य राखेको छ । स्कटल्यान्डसँग सुरुआती दुई खेल गुमाइसकेको नेपालले पपुवा न्युगिनीसँगको पहिलो खेलमा पनि २ विकेटको हार भोगिसकेको छ ।

read more

राखेपको बोर्ड बैठक बस्दै ।।

Added: Monday 16th of November

रेडियो परासी, ३० कार्तिक । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक आज बस्दैछ । विशेष गरी सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तोक्नका लागि बैठक बस्न लागेको हो । राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा खेलकुद विज्ञान प्रतिष्ठानमा दिउँसो साढे १२ बजे बस्ने बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोक्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । यसअघि मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने तय भएको खेलकुद, नाकाबन्दी, तराइ आन्दोलनका साथै बजेटलगायतका कारणले पूर्व निर्धारित मितिमा हुन नसकेको हो ।

read more

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पपुवा न्यूगिनीसँग भिड्दै ।।

Added: Monday 16th of November

रेडियो परासी, ३० कार्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुने खेलमा नेपालले विजय लक्ष्यका साथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । नेपाल दोस्रो खेलमा पर्सी मङ्सिर २ गते फेरि पपुवा न्युगिनीसँगै भिड्नेछ । नेपाललाई पपुवा न्युगिनीसँगको खेल जित्नैपर्ने दबाब छ । यसअघि स्कटल्यान्ड

read more