खेलकुद समाचार

आइपीएल ११ : प्लेअफ खेल्ने ४ टोली नै पूर्व विजेता, यस्ता छन् विशेषता

Added: Monday 21st of May

६ जेठ २०७५ काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको सबै लिग खेल समाप्त भइसकेको छ। अब आएपीएल-११ ले विजेता पाउन चार खेल मात्र बाँकी छ। लिग चरणको ५६ खेलपछि सहभागी ८ मध्ये अंक तालिकामा श

read more

पश्चिम नवलपरासीमा १० औँ राष्ट्रपति रनिङ शिल्डको तयारी तीव्र

Added: Wednesday 4th of April

मोहन पौडेल/रेडियो परासी । २१ चैत्र २०७४ । पश्चिम नवलपरासीमा यही चैत्र २३ गतेबाट हुन लागेको राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

read more

इमर्जिङ टिम्स एसिया कप स् नेपालले टस जित्यो, हङकङ ब्याटिङमा

Added: Thursday 30th of March

रेडियो परासी, १७ चैत्र । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले हङकङले ब्याटिङ गरिरहेको छ । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो ।

read more

नेपाली फुटबलर सावित्रा र अनिता मालद्विप्सको क्लबबाट खेल्ने

Added: Tuesday 21st of March

काठमाडौं, चैत ७ – नेपाली महिला राष्ट्रिय फुटबल टीमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले मालद्विप्सको क्लबबाट खेल्ने भएका छन् ।

read more

नेपाली कुस्ती खेलाडीलाई भारतीय कुस्ती संघले छात्रबृत्ति दिने

Added: Thursday 16th of March

काठमाडौं, ३ चैत । भारतीय कुस्ती संघले नेपालका कुस्ती खेलाडीलाई विशेष प्रशिक्षणका लागि छात्रबृत्ति दिने भएको छ । गत कात्र्तिक अन्तिम साता नेपालका १० कुस्ती खेलाडीलाई ६ महिने विशेष प्रशिक्षण दिइरहेको छ । यसैगरि अन्य थप १० खेलाडीलाई भारतीय कुस्ती संघले ६ महिने प्रशिक्षण दिने जनाएको हो । १० खेलाडीलाई महिनादिन भित्र नै उत्तर प्रदेशको गोन्ठा नन्दिनी नगरमा रहेको भारतीय खेल प्राधिकरणमा विशेष प्रशिक्षणमा पठाइने भएको हो । बुधबार भारतीय कुस्ती संघका अध्यक्ष तथा भाजपाका सांसद ब्रजभूषण शरण सिंहले नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल कुस्ती संघका वरिष्ठ उपाध्यक्ष समिम मियाँ अन्सारीसँगको भेटपछि सो सहमति गरेका हुन् । नेपाली खेलाडीलाई प्रशिक्षणका साथै बसोबास र डाइटको व्यवस्थापन समेत भारतीय कुस्ती संघले गर्ने बताइएको छ । पूर्व चर्चित कुस्ती खेलाडी समेत रहेका भाजपाका सांसद सिंहले नेपालको कुस्ती खेलको विकासका लागि भारतीय कुस्ती संघले सक्दो सहयोग गर्ने बताएको अन्सारीले जानकारी दिए ।

read more

फूटवलमा दुम्किबासको जित

Added: Thursday 23rd of February

प्रमोद अर्याल/रेडियो परासी, फागुन १२ । किर्तिपूर फूटवल क्लवलाई पराजित गर्दै दुम्किबास फूटवल क्लव दोश्रो चरण प्रवेश गरेको छ । नव युवा क्लव सूर्यनगर नवलपरासीको आयोजनामा जारी दोश्रो सूर्यनगर गोल्डकप फूटवल प्रतियोगिताको बुधबारको खेलमा दुम्किबासले जित हात पारेको हो । पहिलो हाफमा दुबै पक्ष गोलरहित बराबरी खेले पनि दोश्रो हाफ भने दुम्किबासको लागि सुखद रह्यो । खेलको ५७ औँ मिनेटमा किर्तिपुरका सौगन्ध गुरुङ्गले आत्मघाति गोल गर्दै दुम्किबासलाई दोश्रो चरणको बाटो खोलेका थिए । रोमान्चक खेलमा दुबै पक्षविच कडा प्रतिष्प्रर्धा भएपनि आफ्नै बलबुतामा भने कुनै पनि टिमले गोल गर्न सकेनन् । प्रतियोगिता अन्तर्गत विहिबारको खेल अभिषेक चर्च रजहर र फर्साटिकर विच हुने प्रतियोगिता सँयोजक देउमन झेँडीले जानकारी दिए ।

read more

फुटबल मैदानमा वृक्षारोपण गरेपछि...

Added: Tuesday 14th of February

काठमाण्डौँ, ३ फागुन ।स्कटल्याण्डको एक फुटबल मैदानमा वृक्षारोपण गरिएको छ । स्कटल्याण्डको एबर्डीनशायरको लोगी डर्नोमा रहेको फुटबल मैदानमा वृक्षारोपण गरिएको हो । फुटबल मैदानमा वृक्षारोपण भएपछि सामाजिक सञ्जालमा त्यसको विरोध भयो । त्यसपछि वृक्षारोपण गर्ने संस्था एबर्डीनशायर काउन्सिलले माफि मागेको छ । मैदानको गोलपोस्ट नजिक बिरुवा रोपिएको हो । दैनिक रुपमा प्रयोग हुने मैदानमा वृक्षारोपण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । मैदानको नजिकै विद्यालयले आफ्नो खेलकुद गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने मैदानमा वृक्षारोपण भएको हो । स्थानीय प्रशासनले माफि माग्दै अर्को निर्णय नभएसम्म रोपिएका बिरुवा त्यहीँ रहेने जनाएको छ ।

read more

राष्ट्रपति कप रनिङ्ग शिल्डको क्षेत्रिय प्रतियोगिता सम्पन्न, फाइनल माघ ८ देखि ।

Added: Thursday 19th of January

प्रमोद अर्याल/रेडियो परासी, माघ ६ । नवलपरासीमा सँचालित नवौँ राष्ट्रपति कप रनिङ्ग शिल्ड क्षेत्रिय प्रतियोगिताको बुधबार समापन भएको छ । जिल्ला शिक्षा समितिको आयोजना, जिल्ला खेलकुँद विकास समितिको समन्वय र

read more

हरपुरमा क्रिकेट प्रतियोगिता हुने ।

Added: Wednesday 11th of January

मोहम्मद ईजहार शेष/रेडियो परासी, पुस २७ । नवलपरासीको सिमावर्ति गाविस हरपुरमा खुल्ला नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हरपुर युवा समिति सञ्जालको आज बसेको बैठकले माघ २ गतेवाट खुल्ला नक आउट क्रिकेट प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक रञ्जीत शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा भारत र नेपालका गरि २० वटा टिमहरुको सहभागिता रह्ने छ भने प्रतियोगितामा बिजेतालाई साईकल र प्रत्येक खेलाडिहरुलाई स्पोर्टस ड्रेस र द्धित्तियलाई स्पोर्ट ड्रेस सहित शिल्ड , मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

read more

प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप शुरु

Added: Saturday 7th of January

काठमाडौं, २३ पुुस । प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ६० केजी तौल समुहको क्वाटरफाइनल समीकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप०को कभर्डहलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा काठमाडौंका भीमबहादुर थापा मगरले काभ्रेका प्रवीन दनुवारलाई नकआउटका आधारमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे । प्रतियोगिताको ६० केजी तौल समूहकै अन्य प्रतिस्पर्धामा सफलता हात पार्दै कास्कीका गणेश अधिकारी, काभ्रेका राज राई, काठमाडौंका रोहित श्रेष्ठ, पोखराका अनीष थोकर, सार्लाहीका विश्व लामा, सर्लाहीकै रामकुमार सुनुवार र ललितपुरका एक्का तामाङ क्वाटरफाइनलमा प्रवेश गरे ।

read more