राष्ट्रिय समाचार

मोर्चाले सभामुखलाई आज समर्थन फिर्ताको पत्र बुझाउने

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरूले सरकारलाई दिएको समर्थन फिर्तासम्बनधी पत्र सभामुखलाई दिने भएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा मधेसी मोर्चामा आवद्ध दलहरूले बिहान एघार बजे समर्थन फिर्तासमबन्धी पत्र बुझाउन लागिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । सरकारले परिमार्जनसहित संविधान संशोधनको विधेयक अगाडि नबढाएको तथा सप्तरीमा पाँच जनाको ज्यानजाने गरी घटना गराएको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय बुधबार राति गरेको थियो । मोर्चाको यो निर्णयसँ

read more

दोस्रो नदी शिखर सम्मेलन आजदेखि

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र । दोस्रो नदी शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । नदीसँग सरोकार राख्ने सरकारी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षणका लागि बृहत छलफल गर्न नदी शिखर सम्मेलन गरिएको हो । यही चैत ६ गतेसम्म चल्ने सम्मेलनबाट नदी व्यवस्थापको काम गर्न, पारिस्थितिक प्रणालीको पुनर्उद्धार, जैविक विविधता संरक्षण तथा पुनर्उत्थानको लागि रणनीति एवं ढाँचा तर्जुमा गर्न सहयोग पुग्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।

read more

सप्तरीका एलडिओसँग स्पष्टीकरण माग

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय निर्णयबाट) बुधबार पोखरेलसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले बताउनुभयो ।

read more

नेपालको संविधान (दोस्रो संशोधन) माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Added: Friday 24th of February

काठमाण्डौँ, फागुन १३ । नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका–संसद्को बहुमतले आज स्वीकृत गरेको छ । सरकारले गएको मङ्सिर १४ गते प्रस्ताव संसद्मा दर्ता गरेको थियो भने पुस २४ गते होहल्ला र विरोधका बीच व्यवस्थापिका–संसद् बैठकमा पेस गरेको थियो । विपक्षी दल नेकपा एमालेलगायतले संशोधनका विपक्षमा संसद्मा निरन्तर अवरोध गरेकाले त्यसयता त्यसमाथि छलफल हुन सकेको थिएन । संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । सभामुख ओनसरी घर्तीले संशोधनमाथि संशोधन दर्ता गराउन चाहनेका लागि समय तोकिएको सदनमा जानकारी दिनुभयो । यसअघि प्रमुख विपक्षी दल एमालेसहित नौदलीय मोर्चाले बिहीबारको बैठकमा ‘मौन विरोध’ गर्ने घोषणा गरेपछि संशोधनका सैद्धान्तिक पक्षमा छलफल सुरु भएको थियो । नेपाल मजदुर किसान पार्टीका तीन सांसदको विरोधका बीच सुरु भएको छलफलमा भाग लिँदै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले संशोधन प्रस्ताव जनहितका खातिर पारित गर्नैपर्ने बताउनुभयो ।

read more

मधेसी नागरिकलाई अविश्वास गर्नु हुँदैन ः देउवा

Added: Friday 24th of February

काठमाण्डौँ, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी नागरिकलाई अविश्वास गर्न नहुने बताउनुभएको छ । झापा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले मधेसी नागरिकको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गरेर मधेसी नागरिकले राखेको माग पूरा गर्ने बताउँदै यसका लागि नेकपा एमालेको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । आगामी माघ ७ गतेभित्र तीन तहकै चुनाव गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वा्चित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा जोड दिनुभयो ।

read more

राप्रपाको प्रस्तावः संशोधन यथास्थितिमा राखेर नयाँ समझदारी गरौं

Added: Friday 24th of February

काठमाण्डौँ, फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन घोषणाको स्वागत गर्दै यसलाई सफल बनाउन रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ । साथै मधेस केन्द्रीय दलहरुलाई समेत विश्वासमा लिएर चुनावमा सहभागी हुने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिएको छ । एकता महाधिवेशनपछि निर्वा्चित नयाँ कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले मधेस केन्द्रीय दलहरुको जायज माग सम्बोधन गर्नु पर्नेमा जोड दिएको छ । तर, सरकारले ल्याएको संशोधन विधेयकले मधेस केन्द्रीय दललाई सन्तुष्ट पार्न नसकेको र कतिपय विषय राष्ट्रिय हित अनुकुल नभएको भन्दै राप्रपाले विधेयकलाई हाल यथास्थितिमा राखि नयाँ शिराबाट समझदारी कायम गरेर मात्र विधेयक अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

read more

शिवरात्रिमा टेलिकमको अफर

Added: Friday 24th of February

काठमाण्डौँ, फागुन १३ । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत ७५ रुपैयाँमा १०० एमबी डाटा खरिद गरी त्यही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै १ सय ५० रुपैयाँमा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

read more

अबरोधका बीच संसद चलाउने तयारी

Added: Thursday 23rd of February

काठमाण्डौँ, फागुन १२ । प्रमुख विपक्षी दल नेकपा (एमाले) र मधेसी मोर्चाका अलग अलग धम्कीका कारण सूचना टाँस गरी रोकिदै आएको संसदको आजको बैठक चलाउने तयारी भएको छ । दुई पटकसम्म सूचना टाँस गरेर स्थगित भएको संसदको कार्यसूचीलाई लिएर एमाले र मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि संसद बैठक प्रभावित हुँदै आएको छ । प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन विधेयकलाई सदनमा छलफल गर्न दिन लचक बनेको छ । तर, उसले विधेयक फेल वा पास जे नतिजा आउँछ त्यसलाई मधेसी मोर्चाले मान्नुपर्ने एवम् चुनावमा जाने प्रतिवद्धता आउनुपर्ने प्रस्ताव राखेको छ ।

read more

राप्रपा केन्द्रीय समितिको पहिलो बैठक आज

Added: Thursday 23rd of February

काठमाण्डौँ, फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वा्चित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । महाधिवेशनबाट निर्वा्चित अध्यक्षसहित ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ सदस्यीय केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ । बैठकमा परिचयात्मक कार्यक्रमका अलावा स्थानीय तह निर्बाचनबारे पार्टीको धारणा तय गर्नमा केन्द्रित रहने बताइएको छ ।

read more

निर्वाचन आयोगको आग्रह स् स्वदेश फर्कनुस, भोट हाल्नु

Added: Thursday 23rd of February

काठमाण्डौँ, फागुन १२ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई स्थानीय चुनावमा मतदान गर्नको लागि समयमै घर फर्कन आग्रह गरेको छ । विदेशमै बसेर मतदान गर्न सकिने व्यवस्था मिलाउन नसकिने भएकाले बिदा मिलाएर फर्कन आयोगले आग्रह गरेको हो । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा देशबाहिर मतदान केन्द्र राख्न नसकिने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले

read more